×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रधानमन्त्री ओली भन्छन्, ‘सीके राउतसँग असाधारण निर्णय क्षमता’

  •  
  • शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नेपाल सरकार र सीके राउतको नेतृत्वमा रहेको स्वतन्त्र मधेश गठबन्धनले एउटा राजनीतिक सहमति गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राउतको प्रशंसा गरेका छन्।

    एघारबुँदे सहमतिमा औपचारिक रूपमा हस्ताक्षर भएपछि बोल्दै प्रधानमन्त्री ओलीले राउतसँग असाधारण निर्णय क्षमता भएको टिप्पणी गरे।

    उनले त्यस्तो क्षमता पहिला तत्कालीन माओवादी पार्टीका नेता प्रचण्डसँग मात्र भएको देखेको बताए।

    ओलीले भने, “उहाँले समग्र राष्ट्रिय एकता र समृद्धिमा प्रवेश गर्नुभएको छ। यो साधारण निर्णय हैन।”

    शुक्रवार भएको सहमतिअनुसार पृथक्तावादी अभियान चलाउँदै आएको सो समूहले नेपालको अखण्डतालाई स्वीकार्ने र संविधानअनुसार लोकतान्त्रिक विधि पालना गर्ने भएको छ।

    सरकारले पनि सो गठबन्धनका नेता तथा कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ता गर्ने भएको छ। थुनामा भएका सो समूहका कार्यकर्ता र समर्थकलाई नि:शर्त रिहा गरिने पनि सहमतिमा उल्लेख छ।

    प्रधानमन्त्री ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापाले नेपाल सरकारका तर्फबाट र राउतले आफ्नो गठबन्धनबाट सो राजनीतिक सहमतिमा हस्ताक्षर गरेका हुन्।

    सो कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड तथा सभामुख कृष्णबहादुर महराको पनि उपस्थिति थियो।

    सहमतिमा हस्ताक्षरमा गरेपछि राउतले नेपालका जनताका लागि यो खुसीको कुरा भएको र यो ऐेतिसाहिक पल भएको टिप्पणी गरे।

    जनमतसङ्ग्रह आफ्नो माग भएको एवम् सहमतिअनुसार आफूले त्यसका लागि राजनीतिक स्थान पाएको भन्दै उनले यसबाट सबैको जित भएको बताए।

    सीके राउत

    प्रधानमन्त्री ओलीले पहल गरेर आफ्नो अभियानलाई शान्तिपूर्ण रूपमा सुरक्षित अवतरण गराएको भन्दै राउतले उनलाई धन्यवाद दिएका थिए।

    राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामा जोड दिँदै उनले भने, “देशको एक इन्च जमिन पनि कसैलाई टुक्र्याउन मिल्दैन।”

    राउतपछि बोलेका ओलीले नेपालमा भएका विभिन्न आन्दोलनहरू र जनताको अभिमतको चर्चा गर्दै देशका लागि शान्तिपूर्ण एवम् लोकतान्त्रिक विधि महत्त्वपूर्ण रहेको बताए।

    उनले भने, “सीके राउत देखाएर मधेशमा स्वार्थका रोटी सेक्ने धेरै थिए, अब तिनका रोटी सेलाउनेछन्।”

    कार्यक्रममा बोल्दै ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टीको नाम उल्लेख नगरीकनै कटाक्ष गरे।

    नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको दल नेकपालाई ‘लुटेरा’को सङ्ज्ञा दिँदै ओलीले सो दललाई हिंसाको बाटो त्याग्न आग्रह गरे।

    ‘नयाँ बाटो फलामको चिउरा’

    चन्द्रकिशोर, विश्लेषक

    ‘स्वतन्त्र मधेश गठबन्धन’मार्फत् मधेशमा पृथक्तावादी गतिविधि सञ्चालन गर्दै आएका सीके राउत मूलधारमा आउने सम्भावना निकै पहिलादेखि देखिएको थियो। तर उनी कसरी र कहिले आउँछन् भन्ने स्पष्ट थिएन।

    उग्र नाराको राजनीतिलाई नेपालको भौगोलिक अवस्थतिले पनि छुट दिँदैन।

    मधेशको राजनीतिमा मध्यमार्गी शक्तिका रूपमा चिनिएका फोरम र राजपाजस्ता दलले जनअपेक्षालाई पूरा गर्न नसकेको भन्दै गुनासो सुनिने गरेको छ। त्यसैले ताजा वैकल्पिक राजनीतिको आवश्यकता भएको मत कसैकसैको छ।

    अहिले मधेशमा देखिएको प्रतिक्रियाले राउतलाई नयाँ गोरेटोमा हिँड्नु फलामको च्युरा चपाउनुसरह हुन्छ।

    हालका लागि एउटा पृथक्तावादी शक्ति मूलबाटोमा आइदिँदा सरकारलाई सहज हुनेछ। राउतको अभियानको हाउगुजी देखाएर मोलमोलाई गर्न खोज्ने मधेशी दलहरूसँग कस्तो व्यवहार गर्न भन्ने निर्णय गर्न पनि सरकारलाई पहिला भन्दा सहज हुनेछ।

    यसबाट प्रधानमन्त्री ओलीलाई राजनीतिक लाभ हुने देखिन्छ।

    को हुन् सीके राउत ?

    सीके राउतको पूरा नाम चन्द्रकान्त राउत हो। उनी सप्तरीमा जन्मिएका हुन्।

    उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।

    सन् २०११ मा अमेरिकाबाट स्वदेश फर्केर उनले स्वतन्त्र मधेशको अभियान चलाएका थिए।

    नेपाल फर्कनुअघि उनले अमेरिकामा कम्प्युटर वैज्ञानिकका रूपमा काम गरेका थिए। उनले आफ्नो आत्मकथा ‘डिनायल टु डिफेन्स’ र मधेशसम्बन्धी अन्य दुईवटा पुस्तक पनि प्रकाशित गरेका छन्।

    स्वतन्त्र मधेश गठबन्धनका उनी केन्द्रीय संयोजक हुन्।

    सहमतिमा के छ?

    • सहमतिपत्रमा संविधानको पालनालाई प्राथमिकता दिँदै भनिएको छ- नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता रक्षा गर्नु सबै नेपाली कर्तव्य हो
    • राजनीतिक, सामाजिक, आर्थिक लगायतका गतिविधिहरू शान्तिपूर्ण ढङ्गबाट गर्ने/गराउने
    • सार्वभौम अधिकारको प्रयोग गर्दै मतभेदलाई सहिष्णु ढङ्गबाट जनमतमा आधारित लोकतान्त्रिक विधिबाट हल गरिने
    • यसमै आधारित रहेर अब स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरूलाई रिहा गरिने
    • गठबन्धनका नेता-कार्यकर्ताद्वारा यसअघि तयार पारिएका किताब, पर्चा, पम्प्लेट,घोषणापत्र, गीत, नक्सा, नारा, झन्डा, अन्लाइन सामग्री आदिलाई भविष्यमा कारबाही विषय नबनाइने
    • आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका सामग्री उत्पादन तथा वितरण नगरिने
    • २०७५ भदौ १५ मा प्रहरी हिरासतमा मृत्यु भएका गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई उचित क्षतिपूर्तिका साथै परिवारका एकजनालाई रोजगारीको व्यवस्था गरिने

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन २४, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.