कैलासबावु श्रेष्ठ/गोरखा
फागनु २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आज गोरखाको मनकामना मन्दिरमा बिशेष पुजा अर्चना सम्पन्न गनुभएको छ । मन्दिर जिर्णोद्वार कार्य सम्पन्न भई सर्ब साधारणको लागि मन्दिर खुल्ला गरीए पछि राष्ट्रपती भण्डारीले बिहीबार बिशेष पुजा अर्चना सम्पन्न गर्नुभएको मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले बताउनु भयो ।

दिउसो १ः३० बजे नेपाली सेनाको हेलीकप्टर मार्फत मनकामना आउनु भएका राष्ट्रपती भण्डारीले सर्व साधारणहरुको स्वागत पछि मन्दिरमा १० मिनेट बिशेष पुजा अर्चना गर्नुभएको मुख्य पुजारी थापाले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारी दिउसो पोखराबाट गोरखाको मनकामना आईपुग्नु भएको हो । हेलीप्याड बाट झरेर भण्डारी हिडेरै मनकामना मन्दिर प्रवेश गनुभएको थियो । राष्ट्रपति भण्डारीले पुजा अर्चना गर्दा सर्व साधारणलाई पुजा गर्न सेनाले रोक लगाएको थियो ।

१ घण्टाको कार्यक्रमका लागि मनकामना आएका राष्ट्रपतीले मनकामना मन्दिर जिर्णोद्वारका लागि १ करोड १२ लाख ११ हजार १ सय ११ रुपैयाँ दिनुभएका मनकामना केवलकारका संञ्चालक स्व.लक्ष्मणबावु श्रेष्ठका परिवारलाई सम्मान समेत गर्नुभएको थियो ।

राष्ट्रपति आउने कार्यक्रम तयभए पछि गोरखाको मनकमनामा बुधबार देखी विशेष सुरक्षा ब्यवस्था मिलाइएको थियो । नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरीका साथै सादा पोसाकमा राष्ट्रिय अनुसन्धान तथा प्रहरी खटाइएको थियो ।

कार्यक्रम लगत्तै राष्ट्रपति बिद्यादेवी भण्डारी नेपाली सेनाको हेलीकप्टर मार्फत राजधानी फर्कनु भएको थियो ।
केही तस्बिरहरु

नेकपाका साँसद हरीराज अधिकारी द्वारा पुष्पगुच्छा दिदै

मन्दिर जानका लागि पैदल हिड्दै

मनकामनामा रहेको ब्रहा्र कुमारी विश्व विद्यालयले स्वागत गर्दै

हेलीबाट झरे पछि नेपाली सेनाको सहायतामा हिड्दै

मनकामना बजारबाट मन्दिर तर्फ जादै

मन्दिरको भित्री भागमा बिशेष पुजा अर्चना पछि

दशकर्म पुजामा सहभागि हुदै

सम्मान कार्यक्रमको उदघाटन गर्दै


