×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ८ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

काँग्रेसले बिर्सिन थाल्यो सन्त नेता भट्टराईलाई

  •  
  • बिहिबार, फागुन २३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    इश्वरचन्द्र झा

    काठमाडौँ, फागुन २३ गते । सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा यो वर्ष कुनै औपचारिक कार्यक्रम भएन । पूर्व प्रधानमन्त्री, नेपाली काँग्रेसका सभापति एवं पार्टीका संस्थापक नेताको निधन भएका आठ वर्षमै बिर्सिएजस्तो हुनु उचित नभएको काँग्रेस नेताहरूले नै बताएका छन् ।

    संस्थापक नेताको स्मृतिमा औपचारिक कुनै कार्यक्रम नहुनु दुःखद् रहेको काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक बताउनुहुन्छ । दलले कुनै कार्यक्रम नगरे पनि प्रजातन्त्र प्राप्तिका लागि उहाँले गर्नुभएको योगदानले ऐतिहासिक पुरुषको रूपमा स्थापित गरेको नेता लेखकको भनाइ छ ।

    सात सालको क्रान्तिमा काँग्रेस संस्थापक नेता भट्टराई योद्धा हुनुहुन्थ्यो भने उहाँ २०१५ सालको पहिलो निर्वाचित प्रतिनिधसभाको सभामुख हुनुहुन्थ्यो । वि.सं. २०१७ सालमा राजा महेन्द्रबाट चालिएको प्रजातन्त्रविरोधी कदमपछि लामो समय काराबास रहनुभएका भट्टराई देशभित्रै बसेर पञ्जायतविरुद्ध लड्ने नेताका रूपमा सन्त र गान्धीवादी छवि निर्माण गर्नुभएको थियो ।

    संवैधानिक राजतन्त्रका हिमायती नेता भट्टराई २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेर सात महिना वर्षभित्र नयाँ संविधानका साथै वर्ष दिनभित्र निर्वाचन गरी मुुलुकलाई निकास दिने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको इतिहास अङ्कित छ ।

    पार्टीले औपचारिक कार्यक्रम नगरे पनि केही ससाना कार्यक्रम गरी स्मृति भने मनाइएको दाबी गरिएको छ । कृष्णप्रसाद भट्टराई अध्ययन केन्द्रले फागुन २० गते साँझ स्वर्गीय नेता भट्टराईको आठौँ स्मृतिमा आरती गरेको जनाएको छ । तर, उच्च वौद्धिक तथा अहिंसाका पुजारी नेता भट्टराईको योगदानको स्मण गर्ने खालका भने कुनै कार्यक्रम नभएको काँग्रेस नेताहरूकै भनाइ छ ।

    नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपाली काँग्रेस भक्तपुरले भट्टराईको स्मृति दिवस मनाएको दाबी गर्नुभयो तर उहाँको दाबी अनुसार भक्तपुरमा कार्यक्रम भएको थाहा नभएको काँग्रेस नेता लेखक बताउनुहुन्छ ।

    प्रदेश ३ बाट प्रदेश सभा सदस्य निर्वाचित नरोत्तम वैद्य संवैधानिक राजतन्त्रमा विश्वास गर्ने भट्टराईलाई गणतान्त्रिक युगमा पार्टी नसम्झिनु अस्वाभाविक नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,“तर राजनीतिक परिवर्तन हुँदैमा प्रजातन्त्र प्राप्तिका लागि उहाँको योगदान बिर्सिनुहुन्न र संस्थापक नेता एवम् १७ वर्ष सभापति भएको नेतालाई पार्टीले औपचारिक रूपमा स्मरण गर्नुपथ्र्यो ।”

    गएको फागुन १७ गते नेपाली काँग्रेसका संस्थापक नेता सुवर्णशमशेरको भने स्मृति पार्टी कार्यालय सानेपामा मनाइएको थियो । त्यस अवसरमा प्रजातन्त्र र राजनीतिक परिवर्तनका लागि योगदान गर्नुभएका संस्थापक नेताहरूको योगदानलाई काँग्रेस नेतृत्वले अवमूल्यन गर्दै आएको भन्दै नेताहरूकै असन्तुष्टि देखिएको थियो । तर नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संस्थापक नेताहरूको जन्मजयन्ती मात्रै मनाउने नीति पार्टीले लिएको जानकारी दिनुभयो ।

    वि.सं. १९८१ लामा जन्मनु भएका नेता भट्टराई सात सालको सशस्त्र क्रान्तिमा जनकपुर तथा उदरपुर कब्जा गर्ने मुक्ति सेनाका कमाण्डर हुुनुहुन्थ्यो । २०४७ सालमा सङ्मणकालको नेतृत्व गर्दै अन्तरिम प्रधानमन्त्री बन्नु भएको भट्टराई २०५६ सालका निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याएपछि दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको थियो । वि.सं.२०६२।६३ को परिवर्तनपछि राजनीतिक रूपमा पार्टीबाट अलग बस्नुभएका भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो ।

    gorkhapatra

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन २३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.