×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

उत्तर कोरियाले ‘थाल्यो’ रकेट प्रक्षेपण गर्ने स्थानको पुनर्निर्माण

  •  
  • बुधबार, फागुन २२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    उत्तर कोरियाले नष्ट पार्ने प्रतिबद्धता जनाएको एउटा क्षेप्यास्त्र प्रक्षेपणस्थललाई पुनर्स्थापित गर्न लागेको भू-उपग्रहबाट प्राप्त नयाँ तस्बिरहरूले देखाएका छन्।

    उत्तर कोरियाली र अमेरिकी नेताहरूबीचको वार्ता निरस्त्रीकरणबारे कुनै सहमतिमा नपुगी टुङ्गिएको दुई दिनपछि ती तस्बिरहरू खिचिएका हुन्।

    उत्तर कोरियाले डोङ्चाङ-नी प्रक्षेपणस्थलबाट भू-उपग्रह तथा इन्जिनको परीक्षण गर्दै आएको भए पनि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणका लागि त्यसको कहिल्यै प्रयोग गरेको थिएन।

    सो प्रक्षेपणस्थललाई नष्ट पार्ने कार्य गत वर्ष थालिएको थियो। तर संयुक्त राज्य अमेरिकासँगको वार्ता अवरुद्ध भएपछि त्यो काम काम रोकियो।

    तीव्र गति

    त्यसलाई नष्ट पार्ने उत्तर कोरियाको प्रतिबद्धतालाई प्योङ्याङ र वाशिङ्टनबीच विश्वासको वातावरण बनाउने कदमका रूपमा हेरिएको थियो।

    उत्तर कोरिया

    यसैबीच अमेरिकाले निरस्त्रीकरणका लागि प्योङ्याङले कदमहरू नचाले उसले थप प्रतिबन्धहरूको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

    कैयौँ अमेरिकी ‘थिङ्क ट्याङ्क’ र दक्षिण कोरियाली गुप्तचर निकायहरूबाट प्राप्त भू-उपग्रहीय प्रमाणका अनुसार डोङ्चाङ-नीस्थित सुरहेमा रकेट प्रक्षेपणका लागि प्रयोग हुने प्याडमाथि संरचनाहरूको विकास तीव्र गतिमा भइरहेको छ।

    गत जुलाईमा सार्वजनिक तस्बिरहरूमा चाहिँ उत्तर कोरियाले उक्त प्रक्षेपणस्थललाई नष्ट गर्न लागेको देखिएको थियो।

    सन् २०१२ देखि सुरहे उत्तर कोरियाको भू-उपग्रह प्रक्षेपण गर्ने प्रमुख स्थलका रूपमा रहिआएको छ।

    अमेरिकासम्म पुग्न सक्ने क्षमता भएको क्षेप्यास्त्रका इन्जिनहरूको परीक्षणका लागि पनि उक्त स्थलको प्रयोग गरिएको थियो।

    तर उत्तेजक कदम ठानिने बलिस्टिक क्षेप्यास्त्रको परीक्षणका लागि चाहिँ त्यसको कहिल्यै प्रयोग गरिएको छैन।

    उत्तर कोरिया

    उत्तर कोरिया

    विश्लेषणः ट्रम्पको धैर्यको परीक्षा

    लोरा बिकर, बीबीसी न्यूज, सोल

    वास्तवमा यो हेर्नलायक कुरा छ र पुनर्निमाणको कामले चेतावनीको सङ्केत गर्छ।

    तर भू-उपग्रहबाट प्राप्त तस्बिरहरूको व्याख्याका आधारमा अर्थ निकाल्ने कुराप्रति म सधैँ सचेत हुन्छु।

    कतिपय विश्लेषकहरूको विश्वास के छ भने यो चरणमा किम जङ-अनले डोनल्ड ट्रम्पको धैर्यको सीमाको परीक्षा लिएको हुन सक्छ न कि बलिस्टिक क्षेप्यास्त्र परीक्षणको तयारी।

    यदि उत्तर कोरिया रकेट परीक्षण स्ट्यान्डको निर्माणभन्दा अझ अगाडि बढ्यो र क्षेप्यास्त्र परीक्षण रोक्ने प्रतिबद्धता उसले तोड्यो भने अमेरिकी राष्ट्रपतिको अकल्पनीय आक्रोशको जोखिम निम्तिन सक्छ।

    थप प्रतिबन्धको चेतावनी

    भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भएको दोस्रो शिखरवार्ता कुनै सम्झौता वा सहमति नभई गत हप्ता टुङ्गिएको थियो।

    किम र ट्रम्प

    गत जुनमा सिङ्गापुरमा सम्पन्न ऐतिहासिक भेटमा उनीहरूबीच अस्पष्टताले भरिएका सहमतिहरू भएका थिए।

    केही प्रतिबन्ध खुकुलो पार्ने सुनिश्चितता गर्नुअघि निरस्त्रीकरणको दिशामा उत्तर कोरियाले कतिसम्म प्रगति गर्नुपर्छ भन्ने विषयमा सहमति गर्न दुई नेता विफल भएका थिए।

    मङ्गलवार एउटा टेलिभिजन अन्तर्वार्तामा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले उत्तर कोरियाले थप प्रतिबन्धको सामना गर्नुपर्ने हुन सक्ने बताए।

    उनले भने, परमाणुअस्त्र कार्यक्रम र त्यससँग सम्बन्धित सबै कुरा त्याग्ने विषयमा प्योङ्याङ कत्तिको प्रतिबद्ध छ भन्ने कुरा वाशिङ्टनले हेरिरहनेछ

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.