कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २२ गते । साँसद रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले बुधबार जन्मकैद हुने फैसला सुनाएको छ । साँसद चौधरी सहित ११ जनालाई सर्वस्व सहित जन्म कैदको फैसला सुनाएको हो ।
२०७२ भदौमा कैलालीको टीकापुरमा ८ जनाको हत्या घटनामा सांसद रेशम चौधरी सहित ११ जनालाई दोषी ठहर गर्दै अदालतले जन्मकैदको फैसला सुनाएको हो ।
थारूहटको आन्दोलन चर्किँदा विरोधप्रदर्शनका क्रममा हिंसात्मक भिडले आक्रमण गरेर आठ प्रहरीलाई मारिदिएको थियो। घटनामा एक बालकको पनि ज्यान गएको थियो।
जन्मकैदको सजाय पाउनेमध्ये एक जना नाबालक रहेको छ उनलाई १० वर्षको मात्र कैद सजाय हुने कैलाली जिल्ला अदालतको आदेशमा उल्लेख छ।
अदालतले अन्य १२ जनालाई ३÷३ वर्षको कैद सजाय तोकेको छ। अदालतले सोही मुद्दामा अन्य तीन जनालाई सफाइ दिएको छ।
उनीहरूमध्ये ११ जनाले हिरासतमा तीन वर्ष पूरा गरिसकेकाले आजै रिहा गरिने अदालतका रजिस्ट्रार इन्द्रबहादुर कठायतले सञ्चार माध्यमलाई जानकारी दिुन भयो।
घटनापछि फरार रहेका अन्य ३१ जनाको मुद्दा भने मुल्तबीमा रहनेछ।
यसअघि सर्वोच्च अदालतले चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न तल्लो अदालतले दिएको आदेशलाई सदर गरिदिएपछि तत्कालका लागि उनलाई संसद् प्रवेशको बाटो बन्द भएको थियो।




















