कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २२ गते । नेपालकै चर्चित धार्मिक स्थल मनकामना मन्दिरमा दशकर्म पूजा शुरु गरिएको छ ।
जिर्णोद्धारको काम सम्पन्न भई सर्वसाधरणलाई समेत खुल्ला गरिसकिएको उक्त मन्दिरमा विद्यिपूर्वक दशकर्म पूजा गर्न लागिएको मनकामना मन्दिर मुल पुजारी ईन्सानबहादुर थापाले बताउनु भयो । ‘राजधानीबाट आएका गुरु ज्यूहरुले साईत हेरी बुधबार देखी पूजा शुरु गरेका हुन ।

झबहालबाट आएका तान्त्रिक गुरुले दशकर्म पुजा गर्नुका साथै बाहुनहरुले बैद्धिक बिधिमा पूजाआजा गर्ने मनकामना मन्दिरका पुजारी थापाले बताउनु भयो ।

२५ गतेसम्म चल्ने पूजामा भोली बिहीबार राष्ट्रप्रमुख विद्यादेवी भण्डारी मनकामना आउने कार्यक्रम छ । भण्डारीले मन्दिरमा विशेष पूजाअर्चना गर्ने कार्यक्रम तय भएको मनकामना मन्दिर जिर्णोद्धार समितिका संयोजक नरेन्द्रबावु श्रेष्ठले बताउनु भयो । भोली नै हाल सम्म मन्दिर बनाउनको लागि लागेको खर्चको समेत हिसाबकिताब सार्वजानिक गरीने भएको छ ।

मन्दिरको छाना, ढोका र अन्य स्थानका लागि करिब १८ किलो सुनको जलप लगाइएको प्रारम्भिक अनुमान छ ।

तोकिएको समय भन्दा निकै ढिला गरी निर्माण सम्पन्न भएको उक्त मन्दिरको भूकम्प, नाकाबन्दी, काठ अभावका साथै सुन बढी लागेका कारणले पनि लागत बढेको छ । लामो इतिहास बोकेको उक्त मन्दिरको जिर्णोद्धार २०७२ साउनबाट सुरु भएको हो ।

२०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्पले मन्दिर दक्षिण पश्चिम ढल्किएर कामै नलाग्ने भए पछि जगै बाट भत्किाएर पुनःर्निमाण थालिएको थियो ।

मन्दिर बनाउन १४ करोड ५० लाख बरावर खर्च भएको अनुमान गरीएको छ ।

फाइल तस्बिर




















