×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

एचआइभी एड्स: बोनम्यारो प्रत्यारोपणपछि एचआइभी सङ्क्रमण मु्क्त हुन सफल दोस्रो बिरामी

  •  
  • बुधबार, फागुन २२, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एड्स महामारीले विश्वव्यापी रूप लिएयताको दोस्रो घटनामा एकजना रोगीलाई स्टेम सेल प्रत्यारोपण विधिबाट उपचार गरेर पूर्ण रूपमा एचआइभी सङ्क्रमण मुक्त गर्न सकिएको छ।

    लण्डनका बिरामी मात्र भनेर चिनाइएका ती ब्रिटिश पुरुषले झण्डै तीन वर्षअघि एचआइभी सङ्क्रमणविरुद्ध लड्न सक्ने दुर्लभ वंशाणु भएका एकजना दाताको बोन म्यारोको स्टेम सेल ग्रहण गरेका थिए।

    चिकित्सकहरूका अनुसार एन्टि-रेट्रोभाइरल औषधिको सेवन बन्द गरेको भए पनि १८ महिनादेखि ती बिरामीमा एचआइभी भाइरसको कुनै सङ्केत देखिएको छैन।

    यो उपचार प्रक्रियामा संलग्न एकजना अग्रणी चिकित्सकका अनुसार ती बिरामी व्यावहारिक रूपमा त निको भएका जस्तो देखिएका छन्। तर उनी पूर्ण रूपमा नै निको भएको हो वा होइन भनेर भनिहाल्ने बेला भएको छैन।

    ती चिकित्सकका अनुसार बोन म्यारो अर्थात् हड्डीको मासी प्रत्यारोपण गर्ने प्रक्रिया खतरनाक र निकै पीडादायी त हुन्छ नै। तर एचआइभीको उपचारमा त्यसलाई नियमित प्रक्रियाका रूपमा अवलम्बन गर्न सम्भव हुँदैन।

    बल

    तर यो घटनापछि कुनै दिन एचआइभीको पूर्ण उपचार गर्न सकिनेछ भन्ने कुरामा थप बल मिलेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

    लण्डनका ती पुरुष बिरामीलाई सन् २००३ मा एचआइभी सङ्क्रमण भएको थियो र सन् २०१२ मा उनमा हजकिन्स लिम्फोमा नामको क्यान्सर देखापरेको थियो।

    हजकिन्स क्यान्सरको उपचारका लागि उनले किमोथेरापी गराएका थिए, सँगसँगै उनमा एचआइभी भाइरसलाई प्रतिरोध गर्ने क्षमता भएको एकजना दाताको स्टेम सेल पनि प्रत्यारोपण गरिएको थियो।

    त्यसपछि उनको दुवै रोग क्यान्सर र एचआइभी निको हुने चरणमा पुगेको देखिएको छ।

    निगरानी

    यो प्रक्रियामा युनिभर्सिटी कलेज लण्डन, इम्पीरिएल कलेज लण्डन, क्याम्ब्रिज र अक्सफर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरू संलग्न रहेका छन्।

    कार्डिफ विश्वविद्यालयका एकजना सङ्क्रामक रोग विज्ञ डा. एन्ड्र्यू फ्रिडमन भन्छन्, “यो एउटा चाखलाग्दो र निकै उल्लेखनीय प्रतिवेदन हो।”

    तर उनी भन्छन् बिरामीमा पछिल्लो चरणमा एचआइभी भाइरस फेरि सक्रिय हुन नसकोस् भनेर यकिन गर्न अझै केही लामो समय निगरानी गर्नु आवश्यक हुनसक्छ।

    झण्डै दश वर्षअघि जर्मनीको बर्लिनमा एकजना एचआइभी पोजिटिभ पुरुषले रक्त क्यान्सरका उपचारका लागि बोनम्यारो प्रत्यारोपण गराएका थिए र त्यसयता उनी एचआइभी सङ्क्रमणबाट मुक्त रहँदै आएका छन्।

    टिमोथी ब्राउन नामका ती व्यक्ति एचआइभी एड्सलाई जित्ने पहिलो बिरामी हुन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २२, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.