कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २२ गते । गोरखाको बुंकोटमा सन्तानेश्वर महादेव मन्दिर निर्माण सम्पन्न भएको छ । मन्दिर निर्माणका लागि स्थानिय र गाउँपालिकाले सहयोग गरेको थियो ।
साविक बुंकोट गाउँ बिकास समिति–६ शहिद लखन गाउँपालिका–८ को महादेव डाडाँ रहेको सन्तानेश्वर महादेवको मन्दिर ०७२ साल बैशाख १२ गते आएको बिनाशकारी भूकम्पले कामै नलाग्ने गरी क्षेति पुरयाए पछि ०७४ साल कार्तिकमा पुनःनिर्माणको काम थालिएको थियो ।
१७ महिनाको लगातारको प्रयास पछि सोही स्थानमा सन्तानेश्वर महादेवको मन्दिर पुनःनिर्माण भई स्थानियले नियमित पुजाआजा समेत गर्न थालेका छन । मन्दिर पुनःनिर्माणमा स्थानियले विशेष पहल लिएका थिए ।
स्थानियको सक्रियतामा स्वदेश तथा विदेशबाट २९ लाख संकलन गरीएको थियो भने गाउँपालिकाको तर्फबाट १० लाख अनुदान प्राप्त भएको वडाध्यक्ष काशिनाथ अंगाईले बताउनु भयो । अंगाईका अनुसार ४५ लाख भन्दा बढी खर्च एको उत्त मन्दिरको बाँकी खर्च भने श्रद्वालु महानुभावहरुबाट उठाउने बताउनु भयो ।
पशुपतिथान मन्दिरको जस्तै गरी चारै तिर ढोका हालेर निर्माण गरीएको उत्त मन्दिरको एक कार्यक्रम बिच गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमीसुधार मन्त्री लेख बहादुर थापाले उदघाटन गनु भएको थियो ।




















