कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २२ गते । गोरखा नगरपालिकाको छेवेटारमा हालै निर्माण भएको खेल मैदानको एक कार्यक्रम बिच भुमी ब्यवस्था, कृषी तथा सहकारी मन्त्रि लेखबहादुर थापाले उदघाट्न गनुभयो ।
गोरखा नगरपालिकाको आर्थिक सहयोगमा स्थानिय सुर्यदय युवा क्लवले निर्माण गरेको उत्त खेल मैदान गण्डकी प्रदेशका मन्त्रि थापाले उदघाट्न गर्दै खेल मैदानले यस क्षेत्रको पर्यटक तथा बिकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गनुभयो ।
गोरखा नगरपालिकाको गत आ.व.०७४/०७५ र ०७५/०७६ बाठ ५० लाख रुपैयाँ बिनियोजन भएको र त्यस मध्ये गत आ.व.को मात्र खर्च भएको र यो आ.व.को रकम खर्च हुन बाँकी रहेको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले कार्यक्रममा जानकारी दिनु भयो ।
अन्तराष्ट्रिय स्तरको गुणस्तरमा बनाउन लागिएको उत्त मैदान संगै नगरपालिकाले सो क्षेत्रलाई खेल ग्रामको रुपमा बिकास गर्न लागेको समेत जानकारी दिनु भयो । मन्त्रि थापाले नव निर्मित खेल मैदानको गेटमा रिबन काटेर उदघाटन गनु भएको थियो ।


