नरेन्द्र ढकाल/गोरखा
फागुन २२ गते । सेवा सुबिधाको माग गर्दै पुर्ननिर्माणसँग सम्बन्धित प्राविधिकहरु आन्दोलित भएका छन् । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत स्थानीय तहहरुमा कार्यरत प्राविधिक/ईन्जिनियरहरुले मंगलबारबाट काम ठप्प पारेका हुन । ‘हामीले यस अघि नै ज्ञापनपत्र बुझाएर माग बारे जानकारी गराइसेका थियौं तर आजसम्म सुनवाइ केही भएन’ प्राविधिक हकहित सघर्ष समितिका जिल्ला संयोजक बलराम घिमिरेले भने ‘बाध्य भएर अब काम नै ठप्प गर्नु पर्न अबस्थामा पुगेका हौं ।’ योसँगै भूकम्प पिडितको घर निर्माणमा प्राविधिक सहायता तथा किस्ता सिफारिसको सम्पूर्ण काम रोकिएको हो ।
पेसागत हकहितका लागि संगिठत भएका उनीहरुले अत्यावश्यक सेवा सुविधा बढाउनु पर्ने माग गर्दै यही फागुन १५ गते देखि आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । २१ गते अर्थात मंगलबारसम्म माग पुरा गर्ने अल्मिेटम दिएका उनीहरुले आफ्नो मागको संबोधन नभएको भन्दै काम ठप्प पारेको गोरखा नगरपालिकाका संयोजक श्यामकुमार यादवले प्रेस विज्ञप्ती जारी गर्दै उक्त कुराको जानकारी गराएका छन ।
पालुंटार नगरपालिका, भिमसेन थापा गाउँपालिका लगायतका जिल्लाका अधिकाशं स्थानीय तहमा पनि काम ठप्प भएको र केहीले ज्ञापनपत्र बुझाउन बाँकी रहेकाले बुधबारबाट पूर्ण रुपमा काम नहुने सर्घष समितिका जिल्ला संयोजक घिमिरेले बताए । ‘हाम्रो चाहना भूकम्प पिडितलाई दुःख दिउँ भन्ने होइन’ उनले भने ‘हामीहरु सार्वजानिक बिदा, शनिवार केही नभनि काम गरिरहेका छौं तर हाम्रो खाइपाएको सेवा सुबिधा सबै कटौती भएको छ अनि कसरी काम गर्न सकिन्छ ?’ विगतका वर्षमा सरकारी नियमका आधारमै प्राविधिहरुले भक्ता पाउने गरेपनि यस वर्ष कटौंती भएको उनीहरुको गुनासो छ ।
गत १५ गते राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाइ बबरमहल काठमाण्डौ मार्फत जिल्ला प्रशासन कार्यालय गोरखा, जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन र सम्पूर्ण स्थानीय तहलाई बोधार्थ सहितको ज्ञापनपत्र बुझाएका उनीहरुले ८ बँुदे माग समेत राखेका छन् । विगतका वर्षहरुमा प्राविधिकलाई दिदै आएको भौगोलिक, यातायात, प्रोत्साहन, महगीं साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनु पर्ने, प्राविधिकहरुको दुर्घटना तथा स्वास्थ्य बिमा गरिनु पर्ने ।
तत्काल टट तथा एमटट को व्यवस्था गरिनु पर्ने उनीहरुको माग छ । यसैगरी सिन्धुलीमा प्राविधिकलाई कुटपिट गर्ने दोषीलाई कारवाही गर्नुपर्ने, लाभग्राहीलाई किस्ता लिन सरल र सजिलो बनाउनु पर्ने र प्राविधिकहरुलाई सञ्चयकोषको व्यवस्था गरिनु पर्ने लगायतका माग उनीहरुले गरेका छन् । ‘हामीले हाम्रो पेशागत कुरा मात्र उठाएका छैनौं’ सर्घष समितिका संयोजक घिमिरेले भने ‘अहिलेको प्रक्रियामा लाभग्राहीलाई निकै गा¥हो भएको छ यसलाई सहज बनाउनु पर्छ भन्ने पनि हाम्रो माग छ ।’
भूकम्प प्रभावित सबै जिल्लामा भएको आन्दोलनलाई समर्थन गर्दै एक साथ आन्दोलनमा उत्रिएको प्राविधिकहरुले बताएका छन । यसबाट उत्पन्न हुन सक्ने समस्या प्रति प्राधिकरण नै जिम्मेवार रहनुपर्ने भन्दै उनीहरुले पे्रस विज्ञप्ती मार्फत चेतावनी समेत दिएका छन् । २०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्प पछि घर बनाउने काममा सहयोग गर्नका लागि भन्दै इन्जिनियर÷प्राविधिकहरु गाउँ–गाउँमा खटाएको थियो । अहिले पनि पुर्ननिर्माणको काम सम्पन्न नभएकाले उनीहरुको आवश्यकता छ ।


