गोरखा समाचारदाता
नेपाली काँग्रेस निकट सुभेक्षुक सस्था नेपाल ट्रेडयुनिय काँग्रेस गोरखाले आफ्नो ७३ औं स्थापना दिवश मनाएको छ ।
नेपाली काँग्रेसको पार्टी कार्यालय तिनधारेमा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै दिवश मनाइएको जिल्ला अध्यक्ष सदर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा पूर्व केन्द्रिय सदस्य कमला लामिछाने, जिल्ला उपाध्यक्ष रामशरण आर्चाय लगायतले मन्तव्य राखेका थिए ।
जिल्ला अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको अबसरमा लामा देखि गोरखा आयुर्वेद कम्पनीमा कार्यरत भवगती श्रेष्ठलाई सम्मान गरिएको छ ।




















