दीपक श्रेष्ठ/गोरखा
फागनु २१ गते । गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमीसुधार मन्त्री लेख बहादुर थापाले लगानी गर्न चाहाने कसैका लागि पनि अब पुँजीको अभाव नहुने बताउनु भएको छ । गोरखाको सहिद लखन गाउँपालिका–८ मा रहेको आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताउनु भएको हो ।
गण्डकी प्रदेश सरकारले कृषि लगायत बिभिन्न पेशा व्यवसाय गर्न चाहानेहरुका लागि बिना धितो त्रृण लिन सक्ने गरी कृषि बिकास बैंकसंग सम्झौता गरिसकेको भन्दै उहाँले काम गर्न चाहाने युवाहरुका अब अबसर प्राप्त भएको उल्लेख गर्नुभयो । ‘काम गर्न चाहानुहुन्छ भने तपाईहरु तयार रहनुहोस, मन्त्री थापाले भन्नुभयो, अब लगानी गर्न पुँजीको अभाव हुदैन ।’

प्रदेश सरकारले ५ प्रतिसत अनुदानमा ऋण उपलब्ध गराउने गरी बैकसंग सम्झौता गरेको भन्दै मन्त्री थापाले सम्झौताले स्वदेशमै केही गर्छु भन्नेहरुका लागि राम्रो अबसर प्राप्त भएको बतउनुभयो । त्यस्तै सम्झौतमा ग्रामिण क्षेत्रका जग्गा जमिन समेत धितो राखेर ऋण लिन सक्ने गरी सम्झौता गरेको उहाँले जानकारी दिनुभयो ।
मन्त्री थापाले प्रदेश सरकारले कृषि, पर्यटन र जलस्रोतको बिकास गरी प्रदेशलाई सम्बृद्धि बनाउने लक्ष्य लिएको बताउनुभयो । धार्मिक पर्यटक गण्डकी प्रदेशको एउटा आर्थिक सम्बृद्धिको महत्वपूर्ण आधार भएको भन्दै ऐतिहासिक तथा धार्मिक स्थलहरुको संरक्षण र सम्र्बद्धन गरी प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गोरखामा मनकामना मन्दिर, गोरखकाली मन्दिर लगायतका मठमन्दिरहरु धार्मिक पर्यटकहरुका लागि आस्था केन्द्र बिन्दुको रुपमा रहेको भन्दै त्यसले धार्मिक पर्यटक भित्र्याउन टेवा पुग्ने बताउनुभयो ।

‘प्रदेश सरकारले योजनाबद्ध ढंगले काम अघि बढाएको छ, मन्त्री थापाले भन्नुभयो यहाँ हजारौ धार्मिक पर्यटक भित्र्याउन सकिन्छ, तर त्यसको सहि व्यवस्थापन जरुरी रहेकाले सरकार योजना निर्माण गरिरहेको छ ।
उहाँले अहिलेपनि ८० प्रतिसत बढि जनता कृषि क्षेत्रमा आबद्ध छ, मन्त्री थापाले भन्नुभयो, तर पनि हामी खाद्यान्य आयात गर्न बाध्य छौ यसले हाम्रो अर्थतन्त्र बालियो हुन सक्दैन ।’ गण्डकी प्रदेश भित्र थुप्रै खेती योग्य भुमीहरु बाझो राखिएको पाइएको भन्दै उहाँले अब खेती योग्य जमिन बाझो राख्ने परम्पराको अन्त्य गरिने बताउनुभयो ।

प्रदेश सरकारले कृषि सहकारी, कृषि समुह र कृषि कम्पनी मार्फत किसानहरुलाई अनुदान सहयोग गर्ने योजना निर्माण गरेको भन्दै कृषकहरुले अब व्यवसायिक खेतीमा जोडदिनुपर्ने उल्लेख गर्नुभयो । किसानहरुले खेती गर्दा माटो परिक्षण गरि कुन माटोमा कुन खेती उपयुक्त हुन्छ त्यस तर्फ ध्यान दिनुपर्नेमा मन्त्री थापाले जोडदिनुभयो ।




















