×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ९ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अल्जेरियाका ८२ वर्षीय राष्ट्रपति पाँचौं कार्यकालको निम्ति चुनाव लड्दै

  •  
  • सोमबार, फागुन २०, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अल्जेरियाका वृद्ध एवं अशक्त राष्ट्रपति अब्देलाजिज बतेफ्लिकाले एप्रिल महिनामा हुने चुनावमा आफू विजयी भएमा एक वर्षमा सत्ता त्याग्ने घोषणा गरेका छन्।

    फेरि चुनावमा उठ्ने उनको योजनाले देशव्यापी विरोध चर्काइदिएका बेला उनले त्यस्तो बताएका हुन्।

    राष्ट्रपति बतेफ्लिकाले पाँचौ कार्यकालका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

    उनले अहिले स्विट्जरल्याण्डमा आफ्नो स्वास्थ्य परीक्षण गराइरहेका छन्। उनको उम्मेदवारी दर्ता गरेपछि उनका प्रतिनिधिले उनको पत्र पढेर सुनाउँदै बतेफ्लिकाले प्रदर्शनकारीहरूको आवाज सुनेको बताए।

    योजना के छ?

    प्रदर्शन

    उनले आफू निर्वाचित भएका देशमा व्यापक सुधारहरू गर्ने आश्वासन दिएका छन्। अल्जिरियाली जनतालाई लेखिएको पत्रमा उनले राष्ट्रिय सम्मेलन, जनमत सङ्ग्रह र छिट्टै अर्को चुनाव गर्ने बताएका छन्।

    तर व्यापक सुधार गर्ने राष्ट्रपतिको प्रतिबद्धताले देशभर चर्किरहेको विरोध प्रदर्शन साम्य पार्ने कुनै सङ्केत दिएको छैन।

    ८२ वर्षीय बतेफ्लिकालाई सन् २०१३ मा स्ट्रोक भएको थियो। त्यसपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन्।

    तर उनलाई चुनौती दिन चुनावी मैदानमा एक अवकास प्राप्त जनरल र एक धनाढ्य व्यापारीसहित छजना अघि सरिसकेका छन्।

    लेबर पार्टी र मुभमेन्ट अफ सोसाइटी फर पीस जस्ता विपक्षी दलहरूले चुनाव बहिष्कार गर्ने बताइसकेका छन्।

    अल्जेरियामा अहिलेको जस्तो विरोध प्रदर्शन सामान्य होइन। दश दिनअघि देखि सुरु प्रदर्शन साम्य भएको छैन। बरू चर्किने क्रम जारी छ।

    अल्जेरियालीहरूको जनसङ्ख्या उल्लेखनीय रहेको फ्रान्समा पनि बतेफ्लिकाविरुद्ध प्रदर्शन भएका छन्।

    बतेफ्लिका को विगत

    प्रदर्शन

    एक लाख भन्दा बढी मानिसको ज्यान गएको गृहयुद्ध अन्त्य गरेको श्रेय पाएका बतेफ्लिका सन् १९९९ मा सत्तामा आएका थिए।

    सन् २०११को अरब वसन्त भनिने आन्दोलनको हावाले अल्जेरियालाई पनि छोएको थियो।

    त्यतिबेला त्यहाँ चर्को मूल्यवृद्धि र बेरोजगारीविरुद्ध प्रदर्शन भएका थिए। बतेफ्लिकाले त्यतिबेला प्रदर्शनकारीको मुख्य माग पूरा गरिदिएका थिए।

    उनलाई स्ट्रोक भएपछिको चुनावमा पनि उनी निर्वाचित भए।

    तर अहिले कमजोर स्वास्थ्य अवस्थाका कारण उनी सत्ता सम्हाल्न नसक्ने हालतमा पुगिसकेको आलोचकहरू बताउँछन्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन २०, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.