समाचारदाता
नेपालकै चर्चित धार्मिक स्थल मनकामना मन्दिरमा दशकर्म पूजाको तयारी गरिएको छ । जिर्णोद्धारको काम सम्पन्न भई सर्वसाधरणलाई समेत खुल्ला गरिसकिएको उक्त मन्दिरमा विद्यिपूर्वक दशकर्म पूजा गर्न लागिएको मनकामना मन्दिर जिर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए । ‘राजधानीबाट आउनुभएका गुरुले यो पूजा गर्नु हुन्छ’ उनले भने ‘२२ गतेबाट पूजा आरम्भ हुन्छ ।’ झबहालबाट आएका तान्त्रिक गुरुले दशकर्म पुजा गर्नुका साथै बाहुनहरुले बैद्धिक बिधिमा पूजाआजा गर्ने मनकामना मन्दिरका पुजारी इन्सान थापा मगरले जानकारी दिए ।
२५ गतेसम्म चल्ने पूजामा सहभागी हुन राष्ट्रप्रमुखका नाताले राष्ट्रपती विद्यादेवी भण्डारी मनकामना आउने कार्यक्रम छ । २३ गते उनले मन्दिरमा विशेष पूजाअर्चना गर्ने कार्यक्रम तय भएको मन्दिर जिर्णोद्धार समितिका संयोजक श्रेष्ठले बताए । ‘राष्ट्रपती ज्यू आउनु भएकै दिन हामी अहिले सम्मको सबै हिसाबकिताब सार्वजानिक गछौं’ श्रेष्ठले भने ‘अडिट रिर्पोट पनि फाइन भइसकेको छ । अनि एकिन तथ्याङ्क आउछ ।’ उही ठाउँमा, पहिलेको जस्तो मन्दिर बनाइएकाले उद्घाटन भने नहुने उनले स्पष्ट पारेका छन । ‘जिर्णोद्धार गरिएका मन्दिरको उद्घाटन भन्ने हुँदैन’ उनले भने ‘दशकर्म पुजा नै हाम्रो लागि विशेष हो ।’ करिब १८ किलो सुनको जलप लगाइएको उक्त मन्दिर निर्माणका लागि करिब १४ करोड खर्च लागेको प्रारम्भिक अनुमान छ ।
तोकिएको समय भन्दा निकै ढिला गरी निर्माण सम्पन्न भएको उक्त मन्दिरको भूकम्प, नाकाबन्दी, काठ अभाव लगायतका कारणले पनि लागत बढेको हुन सक्ने अनुमान छ ।‘सबै हिसाव किताब हुँदैछ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘अब छिटै अडिट गराएर लागत विवरण सार्वजानिक गछौं ।’ लामो इतिहास बोकेको उक्त मन्दिरको जिर्णोद्धार गर्नुपर्ने चर्चा चलेको धेरै वर्ष भएको पनि २०७२ साउनबाट सुरु भएको हो । २०७२ बैशाख १२ गते गएको विनाशकारी भुकम्प मन्दिर दक्षिण पश्चिम ढल्किएपछि जगै बाट भत्किाएर पुनर्निमाण थालिएको थियो ।


