गोरखा समाचारदाता
सिरानचोक गाउँपालिका वडा नम्बर ६ गाँखुको महटारमा श्रीमद्भागवत सप्ताहिक ज्ञान महायज्ञ सुरु भएको छ ।
स्थानीय कृष्ण ज्योति माध्यामिक विद्यालयको लागि आवश्यक जग्गा खरिद गर्ने उदेश्यले कृष्ण प्रणामी युवा परिषद्को नेपालले आयोजना गरेको उक्त महायज्ञको एक कार्यक्रमका विच गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका युवा नेता प्रकाशचन्द्र दवाडीले उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै उनले नेपाल भाषा, धर्म र सस्कृतिका हिसाब निकै धनि रहेको भन्दै यस्ता गतिविधिले धर्म सस्कृतिको जग्र्रेना गर्नुका साथै बिकास निर्माणका काम ठूलो मद्दत गर्न बताए ।
उक्त अबसरमा सो क्षेत्रको जनप्रतिनिधि समेत रहेका उनले विद्यालयको जग्गा खरिदका लागि व्यक्तिगत १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग रकम प्रदान गरेका छन । महायज्ञ आयोजक समितिका संयोजक भिमप्रसाद बगालेको अध्यक्षता तथा प्रदेश सभा सदस्य दवाडीको प्रमुख आतिथ्यतामा महायज्ञको उद्घाटन भएको हो ।
७ दिन चल्ने श्रीमत भागवद महायज्ञमा विधुषी माता उषा घिमिरे कथा वाचन गर्ने प्रविण गुरुङले जानकारी दिए ।




















