कैलासबावु श्रेष्ठ/गोरखा
फागुन १९ गते । गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्रि किरण गुरुङ्गले केही दिन अगाडी मात्र दिवंगत भएका मन्त्रि रबिन्द्र अधिकारी रहेनन भन्ने कुरा विश्वास गर्न गारो भएको बताउनु भयो ।
गण्डकी प्रदेशको ११ जिल्लामा नै स्व.मन्त्रि अधिकारी श्रद्वाञ्जली सभा अन्तरर्गत गोरखामा नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको सभालाई संबोधन गर्दै मन्त्रि गुरुङ्गले त्यस्तो कुरा बताउनु भएको हो । श्रद्वाञ्जली सभालाई संम्बोधन गर्ने क्रममा असहज महशुस गरेका मन्त्रि गुरुङ्गले ‘मलाई धेरै कठिन भई हरेको छ । रबिन्द्र अधिकारी हामी संग हुनु हुन्न । वहाँलाई श्रद्वाञ्जली दिने बेलामा पनि मलाई धेरै अप्ठ्यारो भई रहेको थियो । अहिले पनि भई रहेको छ । कि म वहाँलाई हार्दिक श्रद्वाञ्जली दिउ, नदिउ’ भन्दै ‘अहिले पनि आफुलाई रबिन्द्र अधिकारी हाम्रै वरीपरी हुनुहुन्छ । कुनै पनि समयमा टुपुलक्क आईपुग्नु हुन्छ कि भन्ने जस्तो आभाष आफुलाई लागि रहेको’ भन्दै गर्दा मन्त्रि गुरुङ्गको गला अबरुद्व भएको थियो ।

ठुलो संख्यामा नेकपाका कार्यकता तथा अधिकारीका शुभ चिन्तहरुको उपस्थिती रहेको उत्त कार्यक्रममा मन्त्रि गुरुङ्गले सानै उमेरमा स्व.अधिकारीलाई आफैले राजनितीमा ल्याएको समेत खुलासा गनुभयो । लामो समय सम्म अधिकारीको प्रशंसामा समय खर्चिएका गुरुङ्गले ‘रबिन्द अधिकारीले हाम्रा बारेमा बोल्लान र समिक्षा गर्लान भन्ने लागेको थियो । तर ठिक उल्टो अहिले हामीले उनका बारेमा बोली रहेका छौ’ भन्दै ‘समय निष्ठुर हुने र कसैलाई पनि नपर्खने रहेछ । त्यसैले पद संगै बेलैमा राम्रो कामको शुरुवात गनुपर्ने’ बताउनु भयो ।

मन्त्रि गुरुङ्गले स्वं अधिकारी प्रतिको सच्चा श्रद्वाञ्जली भने ‘जुन काम वहाँले अगाडी बढाउनु भएको छ । जुन ठाउँमा वहाँ पुग्नु भएको छ । वहाँले छाडेर गएको कामलाई त्यही ठाउँबाट जिम्मेवारीका साथ अगाडी बढाउन सके सच्चा श्रद्वाञ्जली हुने’ भन्दै ‘सिगों कम्युनिष्ट पार्टी अधिकारीले देखाएको सपना जुन समृद्व नेपाल निर्माण, पर्यटन क्षेत्रलाई अगाडी बढाउने, यसलाई समृद्वी संगै गासेर अगाडी बढाउने त्यही बाटो बाट अगाडी बढनुपर्ने’ मा जोड दिनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नारायण लामिछाने, प्रुमख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र नेकपाका केन्द्रिय सदस्य अमरबहादुर गुरुङ्ग समेतले बोल्नु भएको थियो । कार्यक्रमको शुरुवातमा नै नेकपा माओबादीका यादवबहादुर बस्नेतले स्व.अधिकारीको जिवनी पढेर सुनाउनु भएको थियो ।
कार्यक्रम कृण्ण धितालको अध्यक्षतामा सम्पन्न भएको थियो ।




















