गोरखा समाचारदाता
जिल्ला प्रशासन कार्यालय गोरखाले संचालन गरेको घुम्तिशिविरमा १ सय ६० जनाले नागरिकता लिएका छन् । कार्यालयले शुक्रबारदेखि गण्डकी गाउँपालिकाको बिभिन्न वडामा गरेको शिविरमा उनिहरुको नागरिकता जारी गरिएको हो । शुक्रबार गण्डकीको वडा नम्बर ३ फुजेलमा भएको शिविरमा ६७ जनाले र ५ को दर्बुङ्गबाट ९३ जनाले नयाँ नागरिकता लिएको कार्यालयका प्रशासकिय अधिकृत डिल्लीप्रसाद श्रेष्ठले जानकारी दिए ।
कार्यालयको सेवालाई सहज बनाउन र नागरिकता लिनैका लागि सदरमुकामसम्म धाउनुपर्ने बाध्यतालाई हटाउने उदेश्यले शिविर सुरु गरिएको उनको भनाई छ । ‘नागरिकता लिन कै लागि सदरमुकामसम्म आउनुपर्ने बाध्यता नहोस भनेर हामीले गाउँमै शिविर राखेका हौ’ श्रेष्ठले भने ‘यो सेवा बिशेष गरेर बृद्धबृद्धा साथै अपांग र असक्तहरुलाई ताग्रेट गरेर गरेका हौ, जसबाट प्रशासन र अन्य आधा दर्जन कार्यालयले दिने सेवा गाउँमै पाउने हामीले ब्यवस्था गरेका छौ ।’
शिविरसंगै कार्यालयले शुक्रबार फुजेलमा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको उपस्थितीमा सार्वजानिक सुनुवाई समेत आयोजना गरेको छ । प्रशासन कार्यालय लगायत अन्य कार्यालयको सेवा प्रवाहका बारे जनताको समस्या र गुनासो संकलन गरेर आगामी दिनमासेवा चुस्त दुरुस्त बनाउने उदेश्यले सार्वजानिक सुनुवाई आयोजना गरिएको बताइएको छ ।
तिन दिन सम्म चल्ने शिविर अन्तरगत आज गण्डकी कै वडा नम्बर २ को तांलिचोकमा सेवा दिने कार्यालयका श्रेष्ठले बताए । शिविरमा नागरिकता सहित बृद्धबृद्धा कार्ड, जिल्ला भेटेनरी अस्पताल, कृषि ज्ञान केन्द्र, स्वास्थ्य कार्यालय लगायतका कार्यालयले समेत गाउँमै गएर सेवा दिएका छन् । सेवा लिन शिविर संचालन भएका र आसपासका वडाहरुबाट समेत सेवाग्राही आएका छन् ।


