गोरखा समाचारदाता
प्रगतिशील लेखक संघको अध्यक्षमा विश्वेश्वर कट्टेल चयन भएका छन् । माक्र्सवाद प्रति आस्था राख्ने जनपक्षीय लेखकहरुको साझा संस्था प्रगतिशील लेखक संघ तेश्रो अधिवेशनले कट्टेलेको अध्यक्षतमा ११ सदस्यिय जिल्ला कार्यसमति चयन गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा रुद्रनाथ पोखरेल, सचिव ठाकुर खनाल, सहसचिव खगेश्वर सापकोटा , कोषाध्यक्षमा विजयभक्त उपाध्याय र सदस्यहरुमा बसन्त बराकोटी, इन्द्रकुमारी देवकोटा, सुनील अर्याल, केशव बस्नेत, केशव प्रकृति तिमिल्सिना र कृष्ण गिरी चञ्चल रहनु भएको छ ।
सोही अधिवेशनले ऋषि खनाल, पुरुषोत्तम अर्याल तथा मोदनाथ मरहट्टा सदस्य रहेको ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । संस्थाका गोरखा जिल्ला उपाध्यक्ष ऋषि खनालको अध्यक्षता र प्रगतिशील लेखक संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेशका इञ्चार्ज डा. कृष्णराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सदस्य भीम रानाभाट तथा मोदनाथ मरहट्टाले प्रगतिशील साहित्यका विविध पक्षमा चर्चा गरेका थिए ।
कार्यक्रममा पुरुषोत्तम अर्याल, इन्द्रकुमारी देवकोटा, बसन्त बराकोटी, ऋषि खनाल, विश्वेश्वर कट्टेल, रुद्रनाथ पोखरेल, ठाकुरप्रसाद खनाल, केशव प्रकृति तिमल्सिना, आदिले पनि मन्तव्य राखेका थिए ।




















