×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

भारत-पाक तनावः मोदी र इमरानमध्ये कसको पल्ला भारी देखियो

  •  
  • शनिबार, फागुन १८, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    सौतिक विश्वास बीबीसी सम्वाददाता

    पाकिस्तानबाट भारतीय लडाकु विमानका चालक अभिनन्दन वर्तमानको रिहाइसँगै दुई परमाणु शक्ति सम्पन्न देशबीच उत्पन्न तनावमा कमी आउने आशा व्यक्त गरिँदैछ।

    उक्त पृष्ठभूमिमा प्रश्न उठ्छः यो पूरै सङ्कटका क्रममा धारणाहरूबीचको लडाइँमा आखिर कसको जित भयो?

    बिहीवार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद्‌मा घोषणा गरे कि ‘शान्तिको अपेक्षासहित’ पाकिस्तानले अभिनन्दनलाई भारतसमक्ष सुम्पिदिनेछ।

    दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त्यही बेला वैज्ञानिकहरूको एउटा बैठकलाई सम्बोधन गरिरहेका थिए।

    तनाव

    इमरान खानको घोषणापछि पाकिस्तानतर्फ इङ्गित गर्दै उनले भने, “पाइलट प्रोजेक्ट पूरा भयो र अब यसलाई हामीले वास्तविकतामा परिणत गर्नुछ।”

    मोदीको त्यो टिप्पणी उनका समर्थकहरूलाई खुब मन पर्‍यो। तर कतिपयलाई त्यो कुरा मन परेन।

    मङ्गलवार पाकिस्तानको बालाकोटस्थित चरमपन्थीहरूको शिविरमाथि भारतीय लडाकु विमानहरूले कथित रूपमा हमला गरेपछि एउटा चुनावी र्‍यालीमा मोदीले भने, “म तपाईँहरूलाई आश्वस्त तुल्याउन चाहन्छु कि मुलुक सुरक्षित हातमा छ।”

    सो र्‍यालीमा मोदीले खुब ताली पाए। तर त्यसको २४ घण्टाभित्र पाकिस्तानले जवाफी कारबाही गरेको दावी गर्‍यो र एउटा भारतीय लडाकु विमान खसालिदिएको बतायो।

    पाकिस्तानको त्यो दावी त्यतिबेला साँचो भएको पुष्टि भयो जब दुर्घटनाग्रस्त लडाकु विमानका चालक उसको कब्जामा भएको एउटा भिडिओ सार्वजनिक भयो।

    हुन त त्यसबीचमा दुई देशमाथि तनाव अन्त्य गरी शान्ति कायम गर्नका निम्ति दबाव थियो।

    पाकिस्तान

    उक्त पृष्ठभूमिमा दुई कदम अगाडि बढ्दै इमरान खानले भारतीय चालकलाई रिहा गर्ने घोषणा गरे।

    भारतीय कूटनीतिक मामिलाका जानकार केसी सिंह भन्छन्, “इमरान खानको कूटनीतिक ‘रिभर्स स्विङ्ग’मा मोदीले आफूलाई फसेको पाएका छन्।”

    (रिभर्स स्विङ्ग क्रिकेटमा प्रयोग गरिने शब्द हो, जसमा घुमिरहेको क्रिकेट बल अचानक बलरतर्फ आउन पुग्छ। इमरान खान विश्वका उत्कृष्ट पूर्वक्रिकेटरमा पर्छन्।)

    सुरक्षा सङ्कट

    भारतमा सन् २०१४ मा अत्यधिक बहुमतसहित सत्तामा आएपछि मोदीको पकड भारतीय राजनीतिमा अझ मजबुत हुँदै गयो।

    स्थानीय सञ्चारमाध्यमहरूको आज्ञाकारी नीतिका कारण मोदीको ‘निर्भिक राष्ट्रवादी छवि’ अझ व्याप्त हुन पुग्यो।

    यो अवस्थामा मानिसहरू छक्क परिरहेका थिए कि मुलुक असहज अवस्थामा रहेका बेला र परमाणु शक्ति सम्पन्न छिमेकीले युद्धको अफवाहलाई बल पुर्‍याइरहँदा प्रशासनतन्त्र र सेनाका अधिकारीलाई सञ्चारमाध्यममा बोल्न नदिएर मोदी आफैँ किन अघि सरेका होलान्?

    सोही प्रकृतिको असन्तुष्टि भारतका प्रमुख प्रतिपक्षी दलहरूमा पनि देखियो। मुलुक सुरक्षा सङ्कटको डिलमा उभिरहेका बेला चुनावी तथा राजनीतिक कार्यक्रममा व्यस्त भएको भन्दै २१ वटा विपक्षी दलले मोदीको आलोचना पनि गरे।

    यहाँसम्म कि एउटा मोबाइल यापको शुभारम्भ गर्ने कार्यक्रममा समेत उनी सरिक भए।

    पाकिस्तानले जवाफी कारबाहीमा एउटा भारतीय लडाकु विमानलाई खसालिदिनु र एकजना विमान चालकलाई पक्राउ गर्नु मोदीका लागि ठूलो झटका भएको कतिपयको बुझाइ छ।

    अभिनन्दन

    यस अवधिमा इमरान खानले तनाव कम गर्न वार्ता गर्ने प्रस्ताव गरिरहे। त्यसैक्रममा उनले भारतीय विमान चालकको रिहाइको कुरा पनि गरे।

    कूटनीतिक मामिलाका जानकार केसी सिंहको विचारमा इमरान खान यस अवधिमा गरिमामय र धैर्यवान् छवि बनाउन सफल रहे।

    इमरान खानले सम्वादमार्फत् पाकिस्तानले समस्याको समाधान गर्न चाहेको सन्देश पनि दिए। भारतीय विमानचालकलाई फिर्ता पठाइदिने इमरान खानको घोषणाले धेरैलाई आश्चर्यमा पार्‍यो।

    यस अवधिमा इमरान खानले आफ्ना नागरिक, सुरक्षा अधिकारी र मिडियासँग नियमित रूपमा कुराकानी गरिरहे।

    अर्कोतर्फ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका हातबाट पूरै घटनाक्रम फुत्किँदै गए। इतिहासकार श्रीनाथ राघवनको विचारमा पाकिस्तानले यो पूरै मामिलामा आश्चर्यमा पार्‍यो।

    फेब्रुअरी १४ मा पुलवामा ४० जनाभन्दा बढी सुरक्षाकर्मी मारिएको घटनालाई लिएर भारतले पाकिस्तानी भूभागमा मध्यरातमा कारबाही गरेको थियो। तर पाकिस्तानको जवाफी कारबाही निकै तीव्र देखियो र उसले दिउँसै त्यो काम गर्‍यो।

    ‘प्रतिशोध रणनीति हुँदैन’

    भारतीय लडाकु विमानका एक चालक पाकितानबाट नियन्त्रणमा लिनु मोदी सरकारको अपेक्षा र उसको छवि विपरीत थियो। त्यसअघि यो पूरै मामिलालाई लिएर भारतीय सरकारका तयारी पनि प्रश्नको घेरामा थियो।

    भारतीय विमान चालकलाई पाकिस्तानले नियन्त्रणमा लिएको घटनाले यो पूरै घटनाक्रमको दिशा नै बदलिदियो।

    पाकिस्तानी जवाफी हमलाको ३० घण्टापछि भारतीय सेनाको तर्फबाट अभिव्यक्ति आयो। त्यसपछि मोदी र उनको सरकारको नियन्त्रणमा घटनाक्रम रहेन।

    मोदी भारतका पहिला प्रधानमन्त्री होइनन्, जसले मात्रै पाकिस्तानस्थित चरमपन्थी समूहको उक्साहटका कारण सुरक्षा सङ्कटको सामना गर्नुपरेको होस्।

    यसअघि पूर्वप्रधानमन्त्रीहरू अटल बिहारी वाजपेयी र मनमोहन सिंहले सीमापारि हुने हमलाको सामना गर्नुपरेको थियो र भारतले त्यसको जवाफ दिएको थियो।

    तर त्यतिबेला नियोजित फैसलाहरू गरिन्थे। राघवन भन्छन्, “प्रतिशोध एउटा रणनीतिक अस्त्र हुन सक्दैन। भावनामा आधारित रणनीति कैयौँ पटक काम आउँदैन।”

    भारत

    भारतीय मिडियाको एउटा ठूलो हिस्साले अभिनन्दन वर्तमानको रिहाइलाई मोदीको जितको रूपमा प्रस्तुत गर्‍यो।

    एकदमै कम मानिस छन् जसले प्रश्न गरिरहेका छन्: के पुलवामा गुप्तचर निकाय विफल भएकै हो? पाकिस्तानले दिनदहाडै भारतीय विमानलाई कसरी खसालिदियो?

    भारतका चिरपरिचित रक्षा विशेषज्ञ अजय शुक्लाका अनुसार भारतीय सेना पाकिस्तानस्थित चरमपन्थी सङ्गठनहरूलाई आफ्ना कारबाहीबाट रोक्न विफल भएका छन्।

    प्रश्नको घेरामा मोदी

    उनी भन्छन्, “पाकिस्तानले भारतसँग टक्कर लिन सक्ने आफ्नो क्षमता प्रदर्शन गर्‍यो। दशकौँदेखि उपेक्षा र कम बजेटका कारण भारतीय सेनाको स्थिति नराम्रो हुँदै गएको छ। यो अवस्थामा मोदीले पाकिस्तानमाथि कुनै ठूलो कारबाही गराउन सक्दैनन्।”

    अर्कोतर्फ भारतीय लडाकु विमानहरूले बालाकोटमा बम खसालेको ठाउँमा कति चरमपन्थी लडाकु मारिए भन्नेबारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन।

    भारतले आधिकारिक रूपमा सो कारबाहीमा कतिजना मारिए भन्ने बारेमा केही आएको छैन।

    भारतीय सञ्चारमाध्यमले चाहिँ त्यो सङ्ख्या तीन सयभन्दा बढी भएको बताएका छन्। समग्रमा यो पूरै मामिलामा मोदी कैयौँ प्रश्नको घेरामा छन्।

    के मोदीले सबै घटनाक्रमलाई आफ्नो हातबाट फुत्किन दिने छन्?

    कतिपयका अनुसार इमरान खानले ‘धारणाबीचको लडाइँ’ जिते पनि मोदीले पूरै घटनाक्रमसम्बन्धी विवरणलाई सजिलैसँग फुत्किन दिने छैनन्।

    चिरपरिचित स्तम्भकार सन्तोष देसाई भन्छन्, “मिडियाको वर्णनमाथि मोदीको लगभग नियन्त्रण छ। मलाई लाग्दैन मोदी धारणाबीचको लडाइँ हारिरहेका छन्।”

    प्राध्यापक विपिन नारङ्गका अनुसार दुईमध्ये कोही पनि युद्ध चाहँदैनन्। क्युबाको ‘क्षेप्यास्त्र सङ्कट’लाई स्मरण गर्दै उनी भन्छन्, त्यहाँ कुनै गल्ती भइदिएको भए ठूलो विध्वंस हुन सक्थ्यो।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, फागुन १८, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.