कैलासबावु श्रेष्ठ/गोरखा
फागुन १८ गते । नेकपा वरिष्ठ नेता एवं पुर्व उपप्रधान मन्त्रि नारायण काजी श्रेष्ठले राजनैतिक परिवर्तन मार्फत देशमा बिकास हुनुपर्ने भन्दै सामाजिक न्याय सहितको समृद्वि नेकपाको लक्ष्य भएको बताउनु भयो ।
नेकपा माओबादीले देश ब्यापी रुपमा मनाउदै आएको सहिद सप्ताह अन्तरर्गत गोरखाको आँपपिपल अस्पतालमा बासु स्मृती प्रतिष्ठान द्वारा आयोजित निशुल्क स्वास्थ्य शिवीरमा सहभागि हुन आउनु भएका श्रेष्ठले सो कुरा बताउनु भएको हो । ‘शहिदहरुको बलिदान, बेपत्ता योद्वाहरुको समर्पण र नेपाली जनताको ठुलो त्याग र संघष पछि यो राजनैतिक परिवर्तन प्राप्त गरेका छौ । यो राजनैतिक परिवर्तनलाई राजनैतिक क्षेत्रमा मात्र सिमित नराखेर, यो राजनैतिक परिवर्तन मार्फत हामी देशमा बिकास गर्न चाहान्छौ । समृद्वी हासिल गर्न चाहान्छौ । यो विकास र समृद्वीको प्रतिफल आम जनताले प्राप्त गरोस भन्ने चाहान्छौ । त्यसैले अहिले हामीले हाम्रो लक्ष्य सामाक न्याय सहितको समृद्वीलाई बनाएका छौ’ श्रेष्ठले भन्नु भयो ।

श्रेष्ठले संविधानले जनतालाई दिएको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न र आवासको अधिकार बास्तविक रुपमा नागरिकले पाउने गरी सरकारले काम अगाडी बढाएको तर सरकारले गरको यती कामले मात्र सफलता नभएकोले अन्य दलले पनि यसमा सहयोग गर्न आवश्यक रहेको कुरा बताउनु भयो । यसका लागि प्रतिपक्षी पार्टीले पनि एकता बद्व भएर अगाडी बढ्न सहयोग गनुपर्नेमा समेत जोड दिनु भयो ।
वहाँले नेपाली काँग्रेसलाई अपिल गर्दै सरकारको पहल कदमीलाई सहयोगी बनेर सहभागिता जनाउन आग्रह गनुभयो ।

बासु स्मृती प्रतिष्ठानले भक्तपुर क्यान्सर अस्पताल र टिचिङ्ग अस्पताल काठमाण्डौंका बरिष्ठ डाक्टरहरुले क्यान्सर रोगको पहिचान र नाँक, काँन, घाँटीका विरामीहरुलाईको उपचार गरीएको थियो ।
कार्यक्रम सुरेश वाग्ले (बासु) की धर्मपत्नी सुर्यकला वाग्लेको स्वास्थ्य उपचार गरेर कार्यक्रम उदघाटन गरीएको थियो ।

शिवीरमा ३ सय भन्दा बढी बिरामीले स्वास्थ्य परिक्षण गराउनुका साथै १५१ जनालाई महिलालाई पाठेघरको क्यान्सर भए नभएको भन्ने जाँच गराउनका लािग भक्तपुर क्यान्सर अस्पतालमा नमूना संकलन गरी पठाइएको सुरेश वाग्लेका छोरा बिकास वाग्लेले जानकारी दिनु भयो ।


