गोरखा समाचारदाता
तात्कालिन माओबादीका सुरेश वाग्ले (बासु) को स्मृतीमा गोरखा सदरमुकाममा बतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सुरेश वाग्ले बाशु स्मृत प्रतिष्ठान नेपालको आयोजनामा जिल्लाको माध्यामिक बिद्यालय स्तरीय बतृत्वकला प्रतियोगिताको आयोजना गरीएको हो ।
जिल्ला भित्रका १४ माविको सहभागिता रहेको उत्त प्रतियोगितामा सदरमुकामको द ओल्ड क्यापिटल मावि रानिबनकी प्रिती खड्का प्रथम भईन भने लक्ष्मी बजारमा रहेको महालक्ष्मी माविकी आशा उपरकोटी द्वितिय भईन ।
सदरमुकामको जिल्ला समन्वय समितिको सभा हलमा भएको उत्त प्रतियोगितामा सरस्वती मावि ताप्लेकी स्वस्तीका बानियाँ तृतिय र सरस्वती मावि आहालेकी दिपीका अधिकारी सान्त्वना भएकी छिन । शुक्रबार भएको प्रतियोगितामा बिजेताहरुले क्रमश ७ हजार, ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार पाएका छन ।




















