कैलासबावु श्रेष्ठ/गोरखा
फागुन १७ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको ताकुकोटमा ३ करोड ८९ लाख रुपैयाँमा सुबिधा सम्पन्न बिधालय भवन निर्माण भएको छ ।
०७२ सालको बिनाशकारी भुकम्पले पूर्ण रुपमा क्षति पुरयाएको ताकुकोट ६ मा रहेको श्री सुर्य ज्योती माध्यामिक बिद्यालयको भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाईले जानकारी दिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राबिधिक सहयोग र जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) गोरखाको समन्यवमा बिद्यालय भवन निर्माण भएको हो । नवनिर्मित ३ ओटा पक्की भवनमा २० वटा कक्षा कोठाहरु छन् । भवन अपांगमैत्री र बालमैत्री रहेको सेभ द चिल्ड्रेनले जानकारी दिएको छ ।
भवन नहुदा बिद्यालयले अस्थायी टहरामा कक्षा सञ्चालन गर्दै आएको थियो । भवनको एक कार्यक्रम बिच नेकपामा अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले उदघाटन गनु भएको थियो ।


