×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

नेपाली कांग्रेसका सांसद गगन थापाको नजरमा दिवङ्गत रवीन्द्र अधिकारी

  •  
  • बिहिबार, फागुन १६, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रवीन्द्र अधिकारीको सबभन्दा ठूलो खुबी भनेकै उनको सक्रियता थियो। आफूलाई लागेको विषयमा निरन्तर रूपमा जुधिरहने। उनलाई भित्रैदेखि त्यस्तो जाँगर आउँथ्यो।

    मलाई सबैभन्दा बढी याद आउने कुरा चाहिँ नेकपा एमाले पार्टी फुटेको बेलामा वामदेवजीले नेतृत्व गरेको माले पार्टी रवीन्द्र अधिकारीले नेतृत्व गरेको विद्यार्थी सङ्गठनको सक्रियतामा सिङ्गो एउटा पार्टी टिकेको, अडेको, बाँचेको अवस्था थियो।

    मैले उनलाई रवीन्द्र दाइ नै भनेँ मैले सधैँभरि।

    असल मित्र

    कुनै दुईवटा राजनीतिक दलको युवाहरूको बीचको सम्बन्ध भन्दा धेरै एकदमै धेरै नजिकको असल मित्रको सम्बन्धको रूपमा हामीबीच वर्षौंदेखि सम्बन्ध विकास भयो।

    कैयौँ कामहरू सँगै गर्‍यौँ। थुप्रै सानासाना समूह बनाएर सँगै काम गर्‍यौँ।

    मलाई गाह्रोसाह्रो परेको बेलामा अफ्ठ्यारो परेको बेलामा, धेरै लखेटिएको बेलामा खोजीखोजीकन आएर भेटेर सम्झाएको पनि सम्झन्छु।

    केही कुरामा विमतिहरू रहे। त्यसो हुँदाहुँदै पनि एउटा असल साथी र एउटा लामो यात्रा गर्न सकिन्छ भन्ने साथी गुमाएको ठूलो रिक्तता यसलाई शब्दमा ठ्याक्कै व्यक्त गर्न सक्दिनँ।

    ठूलो रिक्तता

    तर एकदमै ठूलो रिक्तता महसुस गरेको छु र सँधैभरि गरी नै राख्छु।

    Skip Twitter post by @thapagk

    View image on Twitter

    View image on Twitter

    Gagan Thapa

    ✔@thapagk

    रविन्द्र दाईको दुर्घटनाको खबरले स्तब्ध भए,मनमा झिनो आशा थियो तर त्यो आशा धेरै समय टिक्न सकेन। मैले आज एक असल साथी गुमाएको छु,देशले एक आशातीत नेता! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रध्दाञ्जली!!

    2,124

    4:52 PM – Feb 27, 2019
    435 people are talking about this
    Twitter Ads info and privacy

    End of Twitter post by @thapagk

    Presentational white space

    किनभने त्यो खालको सम्बन्ध मेरो अरू फरक पार्टीको कोही अर्को मान्छेसँग खासै विकासै हुन सकेन।

    पार्टीभन्दा बाहिर अरू पार्टीसँग मिलेर काम गर्न सक्ने विषयहरूको बारेमा पनि गहिरो रुचि राख्ने र मलाई थाहा छैन मलाई आउँदैन भन्ने कुरामा पटक्कै अप्ठ्यारो नमान्ने नयाँ कुरा खोजी गर्ने उनको स्वभाव थियो।

    मैले सबभन्दा सम्झिने भनेको दोस्रो पटकको संविधानसभा पनि असफल हुने जस्तो अवस्था भयो।

    त्यो बेलामा बीबीसीमा छलफलमा आएका बेला बीबीसीकै कार्यालयमा मैले उनीसँग एउटा प्रस्ताव राखेको थिएँ।

    मेरो प्रस्ताव थियो हामी दुईजना मिलेर एउटा संयुक्त लेख लेखौँ।

    हेलिकप्टर दुर्घटनाहेलिकप्टर दुर्घटनामा परेर मन्त्री अधिकारीसहित सात जनाको मृत्यु भएको थियो

    तर लेखमा हामीले हाम्रै नेताहरूलाई पनि थुप्रै प्रश्न गर्नुपर्ने हुन्छ।

    संयुक्त लेख

    मलाई त मेरो पार्टीमा डर हुँदैन तर तपाईँको पार्टीको संरचनाको हिसाबले डर हुन सक्छ भन्दा यो बेलामा संविधानसभा असफल भयो भने केही बाँकी रहन्न भनेर उनी लेख्न तयार भए।

    पार्टी नेता सम्बन्ध गौण कुरा हो, लेखौँ भनेर हामीले पार्टीका नेताहरूलाई राम्रैसँग आलोचना गरेर संयुक्त रूपमा लेखेको म सम्झन्छु।

    उनी पार्टीको घेरामा सीमित नरहने खालका थिए।

    उनले पार्टीसँग नडराईकन आफ्नो सीमा र परिधिभन्दा बाहिर निस्केर काम गरेको थुप्रैथुप्रै सम्झनाहरू मसँग छन्।

    ताप्लेजुङ
    मन्त्री अधिकारी तेह्रथुमको चुहानडाँडामा निर्माणाधीन विमानस्थलको अवलोकन गरेपछि हेलिकप्टरमा ताप्लेजुङको पाथीभरा गएका थिए

    संविधानलेखनमा संविधानसभाका थुप्रै सदस्यहरूको भूमिका हस्ताक्षर गर्ने औपचारिक भूमिकामा सीमित थियो।

    सधैँ क्रियाशील

    थोरै मानिसहरू चाहिँ नेताहरूबीच समझदारीको वातावरण भङ्ग नहोस् भन्नका निम्ति देखिनेमा पनि काम गर्ने पर्दापछाडि पनि काम गर्ने असाध्यै क्रियाशील थिए।

    पर्दा पछाडिको नेताहरूको सम्बन्ध नबिग्रोस् भनेर सानो समूह बनाएर हामीले काम गरेका थियौँ।

    युवाहरूको समूहमध्ये सबभन्दा सक्रिय मान्छेमध्ये एक थिए उनी।

    जसले नेताहरूको व्यक्तिगत सम्बन्ध बिग्रियो भने संविधाननिर्माणको प्रक्रिया प्रभावित हुन्छ भनेर सम्बन्धलाई ठिक ठाउँमा राख्नका निम्ति लगातार काम गरिराखे।

    विवादमाथि दु:ख

    एनसेलको करप्रकरण र वाइडबडी जहाज प्रकरणबारे पनि हाम्रो कुराकानी भएको थियो।

    दुई पटक अनौपचारिक भेटघाट हुँदा मैले ती कुराहरूमा असाध्यै दु:ख लागेको कुरा उनलाई राखेँ।

    तर उनमा यति धेरै आत्मविश्वास थियो कि “यो दूधको दूध, पानीको पानी छुट्टिँदै गर्दाखेरि मैले गल्ती गरेको छैन भन्ने छुट्टिन्छ। यो राजनीति हो जबसम्म टुङ्गिँदैन त्यो बेलासम्म प्रश्नको सामना मैले गर्नुपर्छ” भनेका थिए।

    रवीन्द्र अधिकारी र गगन थापा

    उनको त्यो आत्मविश्वास मलाई गजबको लागेको थियो।

    उनले भनेको जस्तै एउटा अत्यन्त विश्वास गरेको आशा गरेको युवा यी कुनै पनि कुरामा संलग्न नभएको भन्ने उनको कुरा प्रमाणित होस् भन्ने मेरो भित्री मनको शुभेच्छा र चाहना पनि थियो।

    केही दिन अगाडि विमानस्थलमा जम्काभेट भएको थियो।

    छोटो भेटमा उनले मेरा छोरीहरूका बारेमा सोधेका थिए। व्यक्तिगत पारिवारिक कुरा मात्रै सोधेर हामी छुट्टियौँ।

    मेरो उनीसँगको अन्तिम भेट नै त्यही बन्न पुग्यो।

    (बीबीसी नेपाली सेवाकी रमा पराजुलीले गगन थापासँग गरेको कुराकानीको सम्पादित अंश)

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन १६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.