×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मन्त्रीको अन्तिम उडान

  •  
  • बिहिबार, फागुन १६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • मन्त्री अधिकारी बिहीबार पशुपति क्षेत्र विकास समितिको बैठकमा सहभागी भई बेलुका १० दिनका लागि जर्मन उड्ने योजनामा थिए
    • ताप्लेजुङमा बुधबार हेलिकप्टर दुर्घटनामा परेकाको शव सुकेटार विमानस्थलमा । बुधबार रातिसम्म चार शव ल्याइपुर्‍याइएका छन् ।

    सुरज कुँवर

    फाल्गुन १६, २०७५ काठमाडौँ — प्रधानमन्त्रीको जन्मथलो तेह्रथुममा प्रस्ताव गरिएको विमानस्थलका लागि चुहानडाँडामा निरीक्षण सकिएपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बुधबार मध्याह्न काठमाडौंस्थित स्वकीय सचिवालयमा फोन गरी आफू फर्किने तयारीमा रहेको बताएका थिए । उनको डायरीमा बुधबारका लागि अन्य कार्यक्रम, भेटघाट, मिटिङ थिएनन् ।

    केहीबेरपछि फेरि फोन गरेर भने, ‘म ताप्लेजुङको पाथीभरा पो आइपुगें । केहीबेरमै त्यता (काठमाडौं) फर्किंदै छौं । गाडी लिएर एयरपोर्टमा लिन आउनु ।’ सचिवालय टोली झन्डावाल गाडीसहित विमानस्थल पुग्यो । त्यसमा थिए, उनका स्वकीयसचिव कृष्णप्रसाद आचार्य ।

    उनी पुग्दा उता ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेको खबर काठमाडौं विमानस्थलमा आइसकेको थियो । त्यसमा सवार जीवितै छन् या छैनन् भन्ने यकिन भइसकेको थिएन । मन्त्रीको स्वकीयलाई यसबारे जानकारी रहेनछ । कर्मचारीले उनलाई चिया प्रस्ताव राख्दै अल्मल्याएछन् । डाइनेस्टीको हेलिकप्टरमा सवार क्याप्टेनसहित ७ जनाबारे नकारात्मक समाचार एकैछिनमा डढेलोझैं फैलिएपछि विमानस्थलमा पुगेको स्वकीय सचिवालय टोलीले पनि छनक पाइहाल्यो । उनीहरू भावविह्वल हुँदै रित्तै फर्के ।

    मन्त्री अधिकारी बिहीबार बिहान पशुपति क्षेत्र विकास समिति सञ्चालक समितिको बैठकमा सहभागी भई बेलुका कतार एयरवेजको जहाजमा १० दिनका लागि जर्मन उड्दै थिए । यता क्वार्टरमा उनकी पत्नीले बुधबारै लगेज तयारी गरिसकेकी थिइन् । विश्वमै सर्वाधिक महत्त्व र ठूलो मानिने बर्लिन मेलामा उनी आगामी वर्ष नेपालले मनाउने भ्रमण वर्ष २०२० बारे जानकारी

    गराउने टोलीको नेतृत्व गर्दै थिए ।

    ताप्लेजुङको फुङलिङमा भएको दुर्घटनामा उनीसहित पर्यटन उद्योगमा कहलिएका व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा रेडियो इन्जिनियर वीरेन्द्रप्रसाद श्रेष्ठ र सिभिल इन्जिनियर ध्रुवदास भोछिभोय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे (नेपाली सेना) र हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीको निधन भएको छ । योसहित नेपालमा हेलिकप्टर दुर्घटनाको संख्यामात्रै ३३ नाघेको छ । जसमा कम्तीमा ६५ को ज्यान गुमेको छ ।

    केही दिनयता देशभरको बदलिँदो मौसमबारे पर्यटन मन्त्रालय पनि जानकार थियो । मन्त्रीको निजी सचिवालयले यसबारे जानकारी पनि गराएको थियो । तर, यो कार्यक्रम धेरै अघि नै तय भइसकेको थियो । ‘हिजो (मंगलबार) दाङको कार्यक्रम थियो,’ मन्त्रीका एक सहयोगीले भने, ‘दाङ गएको झए तेह्रथुमको कार्यक्रम रद्द हुने थियो तर दाङका एक एमाले नेताको निधनका कारण कार्यत्रम रद्द गरिएको थियो । ‘प्रधानमन्त्रीले पहिले तिमी हेरेर आऊ अनि म जाउँला’ भनेकाले ताप्लेजुङको कार्यक्रम तय भइसकेको थियो ।

    मंगलबार बिहान मात्रै अध्यक्षका हैसियतले मन्त्री अधिकारी प्राधिकरण सञ्चालक समितिको बैठकमा थिए । त्यहीँ उनले प्रधानमन्त्रीको हवला दिँदै यो भ्रमणबारे बोलेका थिए । मन्त्रीले प्राधिकरणको बोर्ड बैठकमा महानिर्देशक सञ्जीव गौतमलाई स्थलगत निरीक्षणका लागि सँगै जान प्रस्ताव गरेका थिए ।

    महानिर्देशकले केही दिनअघि बहाल भएका पर्यटन सचिवसँग बैठक तय भइसकेकाले जान नसकिने जनाएका थिए । उनको स्थानमा मन्त्रीले उपमहानिर्देशक राजन पोखरेललाई प्रस्ताव गरेका थिए । पोखरेल आफन्तको बिहे परेकाले नेपालगन्जमा थिए । अन्ततः विमानस्थल बनाउने निकायबाट उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र इन्जिनियर भोछिभोय सँगै जाने निश्चय भयो । यसैमा मिसिए हेलिकप्टर कम्पनीका सञ्चालकसमेत रहेका व्यवसायी शेर्पा र प्रधानमन्त्री कार्यालयका उपसचिव दाहाल ।

    विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलरका अनुसार बुधबार बिहानको मौसम हेलिकप्टर उडानका लागि ठीकै थियो । ‘पाइलटले तेह्रथुम पुग्दासम्मको मौसम ठीकै छ भनेका थिए,’ ती एटीसीले भने, ‘तर मध्याह्नतिर ताप्लेजुङको मौसम बदलिएछ ।’ क्याप्टेन केसीले सुकेटार विमानस्थलका एटीसीलाई पाथीभरामा हिमपात भइरहेको जानकारी गराएका थिए ।उनको यो नै अन्तिम सम्पर्क थियो ।

    डाइनेस्टीका एक अधिकारीका अनुसार पाथीभरामा २६ वर्षीय क्याप्टेन केसी दोस्रोपटकको प्रयासमा उडेका थिए । आकाशमा करिब ३ हजार घण्टा हाराहारी बिताएका उनी पहिलो प्रयासमा हिमपातका कारण उड्न नसकेपछि दोस्रो प्रयासमा उडेको बताइएको छ । सिंगल इन्जिन हेलिकप्टर उड्न कम्तीमा १ हजार मिटर भिजिबिलिटी भए पुग्छ । तर पाइलटले उडान भर्दाजमिनको सतह देखेको हुनुपर्छ ।

    प्राधिकरणका एक उच्च अधिकारीका अनुसार दुर्घटनाको कारण यसको इन्जिनको अवस्थाबारे प्राविधिक निरीक्षण गरेपछि पत्ता लाग्न सक्छ । यसमा ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर नहुने भएकाले यकिन गर्न चुनौती हुन्छ । यसैबीच सरकारले पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । डाइनेस्टीसँग भएका ५ वटा हेलिकप्टरमध्ये यो तीन वर्षअघि मात्रै खरिद गरिएको ब्रान्ड न्यु थियो ।
    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन १६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.