कैलासबावु श्रेष्ठ/गोरखा
फागुन १५ गते । गोरखाको सबै मावि र सबै समुदायमा लैगिंक हिंसा नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम हुने भएको छ ।
समुदाय प्रहरी जिल्ला समिति र लैगिंक हिंसा नियन्त्रण सञ्जाल समितिको बुधबार बसेको संयुक्त बैठकले जिल्ला भित्र हरेका सबै माध्यामिक बिद्यालय र प्रहरी कार्यालय रहेको क्षेत्रले ओगटन सक्ने समुदायलाई लैगिंक हिंसा नियन्त्रण सम्वन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो ।
वैठकले नगरपालिका र गाउँपालिका स्तरीय समितिको बैठक राखी स्थानिय पालिका मार्फत मावि तह सम्मका बिद्यालयहरुको बार्षिक क्यालेण्डरमा प्रहरी स्कुल सम्र्पक कार्यक्रम समावेश गरी कार्यान्वयन गर्ने, कार्यक्रमलाई क्यालेण्डरमा समावेश गर्दा प्रहरी कार्यालयको क्षेत्र भित्रका बिद्यालयहरुले कार्यक्रम नजुध्ने गरी बिद्यालयहरु संग समन्वय गर्ने र बिद्यालय तथा समदुायमा कार्यक्रम गर्दा सके सम्म आवश्यता महशुस भएका वा हाल सम्म कार्यक्रम नै नगरिएका विद्यालय तथा समुदायलाइ प्रार्थमिकता दिने समेत निर्णय भएको छ ।
दुई समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ र प्रहरी उपरिक्षक भोला बहादुर रावलको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख असोक कुमार गुरुङ्गले बिगतमा पनि लैगिंक हिंसाको क्षेत्रमा काम भएको भएता पनि न्यूनिकरण खासै काम नदेखिएको भन्दै अब देखी देखिने गरी काम गर्न सरोकार वाला सबैलाई सुझाव दिनु भएको थियो ।
वैठकमा जिल्ला समन्वय समितिका उप प्रमुख जनुका अधिकारी, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, उप प्रमुख बिना कुमारी श्रेष्ठ र दुवै समितिका बहुमत सदस्यहरुको उपस्थिती रहेको थियो ।
दुवै समितिका पदाधिकारीको नामावली




