कैलासबावु श्रेष्ठ/गोरखा
ताप्लेजुङमा बुधबार दिउसो भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना परी संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी सहित सातै जनाको मृत्यु भएको छ ।
ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेर सातै जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ भने घटनास्थलमा सबै सातजनाको शव भेटिएको छ ।
क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित ६ जना यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङतर्फ आउदै गरेको थियो ।
हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद शेरचन र मन्त्री अधिकारीका पिएसो अर्जुन कुमार घिमिरे सवार थिए ।
दुर्घटनामा ज्यान गुमाउनेहरु
रविन्द्र अधिकारी स् मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा स् अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
युवराज दाहाल स् प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभया स् इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेन स् प्रभाकर केसी
अर्जुनकुमार घिमिरे स् मन्त्री अधिकारीका पिएसो




















