×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सरकारको एक बर्ष सन्तोषजनक हुन सकेन ः प्रचण्ड

  •  
  • बुधबार, फागुन १५, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ/गोरखा

    फागुन १५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको एक बर्ष सन्तोषजनक हुन नसकेको बताएका छन् । मंगलबार गोरखाको वारपाक सुलिकोट गाउँपालिका ६ ताकुकोटमा जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेलको स्मृतीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताएका हुन् । ‘नेकपाको दुई तिहाईको सरकारले जुन किसिमले काम गर्ला भन्ने जनताले सोचेका थिए, त्यो भएन’ उनले थपे ‘देशमा सम्बृद्धि आउला, बृद्धभत्ता बढ्ला, विकास होला भनेर सोचेका जनताले एक बर्षमा त्यो पाउन सकेनन् ।’

    सोचे अनुसार सरकारले काम गर्न नसकेको कुरा आफुले मात्रै नभई प्रधानमन्त्री केपी शर्मा ओलीले समेत महसुस गरेको प्रचण्डले बताए । यस बिषयमा आफुले प्रधानमन्त्रीसंग छलफल गरेको समेत बताए । ‘सरकारको काम सन्तोषजनक भएन भन्ने कुरा मलाई मात्रै होइन, प्रधानमन्त्री जी ले पनि महसुस गर्नुभएको छ, हाम्रो यस बिषयमा छलफल भएको छ ।’ प्रचण्डले भने ‘यो बर्ष छुटेका, गर्न नसकेका कामलाई आगामी बजेटमा राखेर अघि बढाउछौ, जनताले महसुस गर्ने गरी बजेट बनाउछौ, काम गर्छौ ।’

    जनयुद्धका प्रथम शहिद दिलबहादुर रम्तेल स्मृती पार्क शिलन्यास गर्न ताकुकोट पुगेका अध्यक्ष प्रचण्डले २०५२ सालमा जनयुद्ध सुरु गर्दा आफु गोरखामै रहेर तालिम गरेको स्मरण समेत गरे । जनयुद्धको पहिलो तालिम गोरखा कै सिरानचोकमा भएको सम्झदै उनले हतियारको भन्दा बिचार र राजनितीको लडाई गर्न आफुलाई चुनौतीपूर्ण बनेको बताए । ‘हिजो हतियारको लडाई गरयौ, बिभिन्न कष्ट र घेरा तोड्न सफल भएर आज यहाँसम्म आइपुग्यौ’ उनले थपे ‘तर आज महसुस हुन्छ, हतियारको लडाई भन्दा बिचार र राजनितिक लडाई चुनौतीपूर्ण, झन् कठिन खाले कडाई लड्नुपरेको छ ।’

    आफुले कम्युनिष्टको एकताका लागि २०६४ साल मै प्रयास गरेको खुलासा गर्दै प्रचण्डले १० बर्षपछि आएर सफल भएको बताए । ‘मैले शान्तीप्रकृया सुरु हुदैगर्दा २०६४ मै बाम एकताको लागि प्रयास सुरु गरेको थिए’ उनले भने ‘तर त्यतिबेला सफल हुन दिइएन, १० बर्षपछि आएर एकता भयो, निर्वाचनबाट जनताले यसलाई अनुमोदन गरिसकेका छन्, यसलाई टिकाउनु हाम्रो जिम्मेवारी हो ।’

    जनयुद्धमा मारिएका शहिद परिवारले अझैसम्म न्याय नपाएको बताउदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले उनिहरुलाई परिचयपत्र, रोजगारी र क्षतिपूर्तिको ग्यारेण्टी गर्नुपर्ने बताए । शहिदका परिवारले पाएको १० लाख रुपैया मात्रै प्रयाप्त नहुने उनको तर्क छ । ‘१० लाख रकम प्रयाप्त छैन, अब उनिहरुलाई हामीले परिचयपत्र, रोगजारी र थप क्षतीपूर्तिको ब्यवस्था गर्न जरुरी छ’ उनले थपे ‘हामी यो ब्यवस्था गर्न लागिपरेका छौ, काम अन्तिम चरणमा पुगेको छ ।’ त्यस्तै वारपाक सुलिकोट गाउँपालिकाका स्थानीयले घ्याम्पेशाल, देउराली, ताकुकोट, साँरासौरपानी हुदै वारपाक जाने सडक पिच गर्न, उल्टेदेखि मोहोरिया हुदै गाउँपालिका जाने सडकको स्तरोन्नती गर्न, २५ शैयाको अस्पताल, प्राविधिक शिक्षालय लगायत गाउँपालिकाभित्रका धार्मिक एवं साँस्कृतिक ऐतिहासिक धरोहरको संरक्षणमा पहल गर्ने प्रचण्डले आश्वासन समेत दिएका छन् ।

    सोही कार्यक्रममा बोल्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता भएको ९ महिना बितिसक्दा समेत संगठन विस्तारको कामले तिब्रता नपाएको प्रति असन्तोष ब्यक्त गरे । यस अवधीमा महसुस भएका कमि कमजोरीलाई सुधार गरेर पार्टी नेतृत्व अघि बढ्नुपर्नेमा उनको जोड थियो । त्यस्तै श्रेष्ठले नेपाल सामाजिक युग सहितको सम्बृद्धिको चरणमा रहेको बताउदै जनताको भरोसा टुट्न दिन नहुने बताएका छन् ।

    बारपाक सुलिकोट गाउँपालिका ८ मा झण्डै ५ करोडको लगानीमा शहिद दिलबहादुर रम्तेल स्मृती पार्क निर्माण हुने भएको छ । पार्कको मंगलबार प्रचण्डले शिलन्यास गरेका हुन् । रम्तेलको घर नजिकै करिब ९ रोपनी क्षेत्रफलमा बन्न लागेको पार्क निर्माणका लागि यस बर्ष गाउँपालिकाले १५ लाख रकम बिनियोजन गरेको छ । २०५२ साल फागुन १४ गते प्रहरीको गोली लागि रम्तेलको ज्यान गएको थियो ।

    त्यस्तै मंगलबार नै गाउँपालिकाको भवन प्रचण्डले शिलन्यास गरेका छन् । वारपाक सुलिकोट ६ को ताकुकोटमा करिब ७ करोड लाग्ने अनुमान गरिएको ३२ कोठे भवन निर्माणका लागि यस बर्ष जिल्ला समन्वय समितिबाट १ करोड र गाउँपालिकाबाट ७० लाख रकम बिनियोजन भएको गाउँपालिकाले जनाएको छ ।

    सोही अवसरमा ताकुकोटमा निर्माण भएको सूर्यज्योती माविको नवनिर्मित भवनको समेत अध्यक्ष प्रचण्डले उद्घाटन गरेका छन् । सेभ द चिल्ड्रनको आर्थिक सहयोगमा श्री स्वाँरा सघन गाउँविकास केन्द्रले निर्माण गरेको भवन निर्माणमा ३ करोड ६५ लाख लगानी भएको छ । गाउँपालिका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री एवं नेकपाका गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे, पूर्व निर्वाचन आयुक्त एवं सम्बृद्ध वारपाक सुलिकोट सल्लाहकार समितिका संयोजक दोलखबहादुर गुरुङ, गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङ, सूर्यज्योती माविका प्रअ भिमकुमार श्रेष्ठ, सेभ द चिल्ड्रेनका यादव मैनाली लगायतले बोलेका थिए ।

    मंगलबार नै गण्डकी गाउँपालिका वडा नम्बर ७ को वडाभवन समेत उद्घाटन गरेका छन् । घ्याल्चोकमा आयोजित प्रतिनिधी सभा सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमि ब्यवस्था मन्त्री लेखबहादुर थापा लगायतले बोलेका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन १५, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.