गोरखा समाचारदाता
आरुघाट गाँउपालिकाका अध्यक्ष पुर्ण बहादुर दाहालले पुर्नःर्निर्माणसंगै जिविकोपार्जन तथा दिगो विकास सम्बन्धी कार्यक्रम ल्याउन जोड दिएका छन ।
भारत सरकारको सहयोगमा सञ्चालित नेपाल आवास पुर्नःर्निर्माण परियोजनाद्धारा आरुघाट गाँउपालिकामा आयोजित निजि आवास पुर्नःर्निर्माण सम्बन्धी पालिकास्तरीय कार्यशालामा अध्यक्ष दाहालले पुर्नःर्निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न गरी विकास निर्माण कार्यमा लाग्न आग्रह गरेका छन ।
उपाध्यक्ष कल्पना नेपालीले नेपाल आवास पुर्नःर्निर्माण परियोजनाको कार्यक्रम मान्बुमा मात्र नभएर आरुघाटको अन्य वडामा पनि सञ्चालन गर्न आग्रह गरेकी छिन् । जिल्ला अनुदान व्यवस्थापन तथा कार्यान्वयन ईकाइका प्रमुख रामशरण आचार्यले निजि आवास पुर्नःर्निर्माणमा अझै पनि लाभग्राही सम्झौता गर्न नआउनु, वास्तवीक लाभग्राहीको पहिचान नहुनु, प्रथम किस्ता लिएर निर्माण सुरु नगर्नु र मापदण्ड अनुरुप निर्माण नहुनु मुख्य समस्या र चुनौतीका रुपमा रहेको बताएका छन । परियोजनाका सामाजिक विज्ञले जनप्रतिनिधि संगको सहकार्यमा मात्र पुर्नःर्निर्माणको कार्य सम्पन्न हुन सक्ने उनको भनाई छ ।
कार्यक्रममा परियोजनाका समूह संयोजक इन्जिनियर राजेश नेपालले कार्यपत्र प्रस्तुत गर्दै मान्बुको वडा नम्बर १ र २ मा निजि आवास पुर्नःर्निर्माण ९१ प्रतिशतले तेश्रो किस्ता लिई निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।


