×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

तारजाली प्रविधीमा भूकम्प प्रतिरोधी घर ठडिदै

  •  
  • सोमबार, फागुन १३, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    फागुन १३ गते । भूकम्प गएको लामो समयसम्म घर बनाउन नसकेकाहरुको विशेष प्रविधिमा घर निर्माण सुरु भएको छ । भारत सरकारको सहयोगमा सञ्चालित नेपाल भारत पुर्ननिमाण परियोजना मार्फत सिरानचोक गाउँपालिका अन्र्तगत ७ वटा घरको निर्माण थालिएको छ । ‘वडाको सिफारिसमा शंकटासन्ना अबस्था रहनुभएका पिडितहरुको घर निर्माण कार्य सुरु गरेका छौं’ उक्त कार्यक्रमका टोली प्रमुख इन्जिनियर नरेश निदालले भने ‘तारजाली जस्ता प्रविधिमा उहाँको घर निर्माण हुन्छ ।’

    थोरै लागतमा पुरानै घरको ढुंगा माटो र काठपात प्रयोग गरी उक्त घर बनाइएको छ । आर्थिक अबस्था कमजोर रहेका, एकल महिला, अपाङ्गता भएका पिडितहरुको छनौट गरी भूकम्प प्रतिरोधी घर निर्माण थालिएको हो । ‘हामीलाई वडाले छनौट गरी नाम दिनुभएका ७ वटा घर अहिले बनिरहेका छन’ उनले भने ‘लक्ष्य त हाम्रो १५ वटा सम्म बनाउने छ । यो प्रविधि परिक्षण पनि हो बिस्तारै अरु थप हुँदै जान्छ ।’ हालसम्म नबनाएका र डिपिसी गरेको लामो समयसम्म घर बनाउन नसकेकाहरुलाई सहयोग गरिएको छ ।

    उक्त घर बनाउनका लागि आवश्यक सबै लगत स्टमेट, करिब ५० हजारको तारजाली र जस्ता, दक्ष जनशक्ति र प्राविधिक सहयोग गरिएको ई. निदालले बताए । ‘यो दुईकोठ घरका लागि हामीले गरेको सहयोग हो’ उनले भने ‘यी घर कम्पिट रुपमा स्थानीय निर्माण सामाग्री र सरकारले दिएको अनुदान लागतमै बनाउने हाम्रो प्रयास छ ।’ तारजाली प्रविधिमा बनेका घर सरकारले दिएको ३ लाख अनुदान भित्र बन्ने उनले दाबी गरेका छन् । ढुंगा र माटोको जोडाइमा बनेका ती घरको गारोमा जस्तोको बन्धन र तारको जाली लगाइएको छ । उक्त प्रवधिमा बनेको घर पूर्ण रुपमा भूकम्प प्रतिरोधी हुने निदालले बताए । शंकटासन्ना अबस्थामा रहेका पिडितको घर निर्माणसँगै किस्ता उपलब्ध गराउन प्राधिकरणसँग समन्वय गरिएको नेपाल भारत पुर्ननिर्माण परियोजनाले जनाएको छ ।

    घर निर्माण सुरु भएसँगै स्थानीय पनि खुसी भएका छन् । ‘एक्लै छु आफू केही गर्न सक्दिन, भूकम्पले घर भत्काएपछि भाइसँग बस्ने गरेको छु’ सिरानचोक ६ गाँखुकी रणकुमारी श्रेष्ठले भनिन ‘उहाँहरु आएर घर बनादिनुभएको छ अब त आफ्नै घरमा बस्न पाउने भएँ, धेरै खुसी छु ।’ एकल महिला समेत रहेका रणकुमारीको घर वडा कार्यालयको सिफारिसमा निर्माण गरिएको हो ।

    यसैगरी वडा नम्बर ३ हर्मीका रामबहादुर गुरुङ्गले पनि घर निर्माण भएकोमा खुसी व्यक्त गरेका छन् । ‘बनाउन सकिएन भने ठुलो चिन्ता लागेको थियो’ शारिरीक रुपमा अशक्त रहेका उनले भने ‘उहाँहरु आएर घर उभ्यादिदै हुनुहुन्छ साह्रै खुसी लागेको छ ।’ रोजगारीको शिलशिलामा १० वर्ष भन्दा बढि साउदी अरब बसेका उनको एकपट्टी हातखुट्टा चल्दैन । श्रीमती ज्ञानमायाँले ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी छिन् । आर्थिक अभावका कारण भूकम्प गएको ४ वर्ष पुग्दा लाग्दा घर निर्माण सुरु हुन सकेको थिएन ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन १३, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.