कैलासबावु श्रेष्ठ/गोरखा
फागुन १२ गते । तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषदको पार्षदहरुको प्रथम राष्ट्रिय भेला गोरखा सदरमुकाममा हुने भएको छ ।
केन्द्रिय कार्य समितिको आयोजना तथा जिल्ला कार्य समिति गोरखाको ब्यवस्थापनमा सदरमुकाममा फागुन १८ र १९ गते हुने आईतबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको थियो ।
पार्षदहरुको भेलामा देश भरीको ३० देखी ३५ जिल्लाका ६ सय जना सहभागि हुने तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषदका केन्द्रिय अध्यक्ष धना तमुले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।
सदरमुकामको कवर्ड हलमा हुने उत्त कार्यक्रम बिधान संशोधनमा केन्द्रित हुने अध्यक्ष तमुले जानकारी दिनु भयो । कार्यक्रममा संस्थापक अध्यक्ष भगवती गुरुङ्ग र जिल्ला भित्रका तमु संग सम्वन्धीत विभिन्न संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।


