कैलासबावु श्रेष्ठ/गोरखा
फागुन १२ गते । नेपाल सरकारको बहुचर्चित बुढीगण्डकी आयोजनाका कारण ८५ प्रतिशत प्रभावित सुकुम्बासी हुन अवस्थामा पुगेको सरोकार समितीले दावी गरेको छ ।
बुढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आईबार गोरखा बजारमा पत्रकार सम्मेलन गर्दै ढुबान क्षेत्रका प्रभावितलाई उचित मुआब्जा नदिदा ८५ प्रतिशत मानिस सुकुबासी हुन बाध्य भएको दावी गरेको छ ।
सरोकार समितीका हरेराम ढकालले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रभावित क्षेत्र भित्रको जग्गाको उचित मुआब्दा नदिएको, घर, गोठ र रुखको मुल्य नतोकिएको भन्दै आक्रोशित हुदै अब धेरै प्रभावित सुकुम्बासी हुने बताउनु भयो । ढकालका अनुसार मुआब्जा दिदा पनि राजनैतिक आस्थाका आधारमा र पुरै जग्गाको मुआब्जा नपाउदा पाएको सबै पैसा समेत खर्च भई सकेकोले बाँकी रहेको घर, गोठ र रुखको उचित मुआब्जा नदिए आन्दोलन देखी न्यायलय सम्म पुग्ने चेतावनी समेत दिनु भयो ।
सरोकार समितिले आयोजनाले सरकारले दिएको पैसा समेत खर्च गर्न नसक्दा आयोजना नै अन्यौलमा पारी रहेको समेत दावी गरेको छ ।


