गोरखा समाचारदाता
जिल्लाको दुई एनसेन टावरमा आगजनी भएको छ । शुक्रबार अज्ञात समूहद्धारा गोरखा नगरपालिका १० बिरेञ्चोकको टावरमा आगजनी गरी क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिए । ‘गएराती ११ बजेको तिर टावरमा आगो लगाइएको भन्ने जानकारी आएको आयो’ उनले भने ‘आगोलागीबाट के कति क्षति भयो भन्ने एकिन विवरण भने आइसेको छैन हामी अनुसन्धानमै छौं ।’ आगोलागीका कारण उक्त टावर बन्द भएकोे जनाइएको छ । आगजनी पछि उक्त टावर बन्द भएको छ ।
यस्तै गएराती नै जिल्लाको गण्डकी गाउँपालिकाको ध्याल्चोकमा रहेको टावरमा आगजनी भएको प्रहरीले बताएको छ । गण्डकी गाउँपालिका–६ चिप्लेटीमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगो लगाएको एपी नेपालले जानकारी दिए । आगजनी पछि के कति क्षति भयो भन्ने एकिन नभएको अहिले टावरमा सामान्य क्षति देखिएको प्रहरीले जनाएको छ ।
एनसेनले भने लाखौंको क्षति भएको दाबी गरेको छ । घटनाबारे प्रहरीले विस्तृत अध्ययन सुरु गरेको छ ।


