कैलासबावु श्रेष्ठ/गोरखा
फागुन १० गते । ओम डेभलप्मेन्ट बैंक गोरखा शाखाले गोरखाको विभिन्न सामुदायि बिद्यालयमा अध्ययन गरी रहेका बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ ।
ओमको गोरखा शाखाका प्रबन्धक केशव रेग्मीका अनुसार गोरखा सदरमुकामको महेन्द्र ज्योति माविकी संजिता बयलकोटी र महालक्ष्मी माध्यामिक विद्यालय समिना भण्डारीलाई जनही ५ हजारका दरले छात्रबृत्ति प्रदान गरीएको छ । साथै उनीहरुलाई स्टेशनरी सामाग्रीहरु पनि प्रदान गरीएको ओम डेभलप्मेन्ट बैंक गोरखा शाखाले जानकारी दिएको छ ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत विभिन्न ठाँउमा वित्तिय साक्षरताका कार्यक्रम गर्दै आएको छ । यसवाट सर्व साधारणमा वदलिदो बैकिङ्गको वारेमा चेतना विस्तार भएको बैंकले जनाएको दावी छ ।


