गोरखा समाचारदाता
जिल्लाको सिरानचोक गाउँपालिकाका ४ वटा वडामा आपत्तकालिन उद्धार सामाग्री हस्तान्तरण गरिएको छ ।
इको र एडिसीको आर्थिक सहयोगमा सिरानचोक गाउँपालिका, केयर नेपाल र स्वाँरा सघन गाउँबिकास केन्द्रको साझेदारीमा सञ्चालित प्रयास दोश्रो परियोजनाले वडा नम्बर १ केराबारी, २ थालाजुङ्ग, ७ श्रीनाथकोट र ८ जौबारीमा आपत्तकालिन सामाग्री वितरण गरेको हो ।
विपद्का बेला खोज तथा उद्धारका लागि आवश्यक स्टेचर, प्राथामिक उपचारका सामाग्री, खोज तथा उद्धारका आवश्यक औजार लगायत २० लाख बराबरको सामाग्री वितरण गरिएको जिल्ला कार्यक्रम संयोजक अभिषेक ओझाले जानकारी दिए ।
उक्त सामाग्री वडाको स्थानीय विपद तथा जलवायु उत्थानशिल समितिलाई हस्तान्तरण गरिएको हो ।




















