×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अख्तियारले लेखा समितिलाई भन्यो- नाम तोकेर सिफारिस गर्दा वाइडबडी छानविनमा समस्या

  •  
  • बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    ९ फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी प्रकरणमा लेखा समितिले गरेको सिफारिसले अप्ठेरो परेको बताएको छ ।

    अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले लेखा समिति सभापति भरत साहलाई नाम र रकम नै किटेर गरिएको कारवाही र निगमको सिफारिसले अख्तियार अप्ठेरोमा परेको बताएका हुन् ।

    लेखा समिति सभापति साहले यसबारे समिति बैठकमै सांसदहरुलाई जानकारी दिएका छन् । सभापति साहले अनलाइनखबरसँको कुराकानीमा भने, ‘सचिवालयले पत्र लेख्दा अली भाषा मिलाएन होला, प्रमुख आयुक्तले यो मुद्दा ठूलो हो, समयसीमा राखेर छानविन गर्नू भन्दा समस्या हुन्छ भन्नुभएको हो ।’

    यसले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार तथा अनियमितताबारे अख्तियारले समिति बनाएर छानविन थालेपनि कारवाही हुनेमा आशंका उत्पन्न भएको सांसदहरुले बताएका छन् ।

    अख्तियारले हाल सह-सचिवको नेतृत्वमा तीन सदस्यीय समिति बनाएर यसबारे छानविन अघि बढाएको छ । लेखा समितिले वाइडबडी किन्दा ४ अर्ब ३५ करोड भन्दा बढीको भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन पर्यटन सचिव कृष्णप्रसाद देवकोटासहित निगमका महानिर्देशक सुगतरत्न कंशाकारलाई निलम्बन नै गरेर कारवाही थाल्न निर्देशन दिएको थियो ।

    अनियमितताको रकमसहित व्यक्ति तोकेर कारवाहीको सिफारिससहित नै प्रतिवेदन अख्तियार पुगेपछि छानविनमा समस्या आएको तर्क अख्तियारले गरेको  छ ।

    समितिका सदस्यहरुले भने अख्तियारको भनाइमा आपत्ति जनाएका छन् । सांसद हृदयश त्रिपाठीले भ्रष्टाचारीलाई कारवाही गर नभनी राष्ट्रपतिबाट पुरस्कृत गराउनुस् भनेर लेख्नुपर्ने थियो ? भन्ने प्रश्न गरे । उनले कारवाहीको सिफारिसको विषय समितिको अधिकार भएको बताए ।

    वाइडबडी विमान खरिद प्रकरणका विषयमा छानविनका लागि गठित लेखा समिति अन्तर्गतको उपसमितिले ४ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार भएको ठहर गरेको छ । उपसमितिको प्रतिवेदनमा थोरै संसोधन गरेर लेखा समितिले प्रतिवेदन समेत पारित गरिसकेको छ ।

    समितिले वाइडबडी किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो । भ्रष्टाचार रकम ठहर मात्रै गरेन, उपसमितिले नाम किटान नै गरेर संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, पूर्वपर्यटन सचिव शंकर अधिकारी, निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार, गृहसचिव प्रेमुकमार राईका साथै पूर्वपर्यटन मन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देव लगायतलाई कारवाही सिफारिस गरेको छ ।

    सरकारले वाइडबडी भ्रष्टाचारबारे पूर्वन्यायाधीशको गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा संयोजकत्वमा ३ सदस्यीय न्यायिक छानविन समिति बनाएको छ । तर, त्यसले काम सुरु नगर्दै फेरि ४५ दिनको म्याद थपिएको छ ।

    सरकारले गठन गरेको न्यायिक समितिले अहिलेसम्म कुनै काम गरेको छैन ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.