×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

अस्ट्रेलिया: नर्सिङ विद्यार्थीको अन्योलबारे सामाजिक सञ्जालमा सुझाव

  •  
  • बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    सरकारी मान्यता नभएको अस्ट्रेलियाको एउटा तालिमे नर्सिङ कलेजमा अध्ययनरत एक हजारभन्दा बढी नेपाली विद्यार्थीको भविष्यमा देखिएको अन्योल हटाउन नेपाली दूतावास र सम्बन्धित निकायहरूले पहल थालेको जनाएका छन्।

    विद्यार्थीहरूको फसेको रकम र बाँकी अध्ययनको व्यवस्थापन गर्न प्रयास भइरहेको उनीहरूले बताएका छन्।

    एआइबीटी नाम गरेको उक्त तालिम दिने कलेजको दर्ता खारेज भएपछि नर्सिङ संकायमा अध्ययनरत नेपाली विद्यार्थी अलपत्र परेका थिए।

    अस्ट्रेलियाको सरकारले दर्ता खारेज गरिदिएको अस्ट्रेलियन इन्स्टिच्युट अफ बिजिनेस टेक्नोलोजी (एआइबीटी) नाम गरेको उक्त तालिम दिने कलेजले कानुनी उपचारको लागि २८ दिनको समय पाउने भएकोले उक्त समय कुर्नुपर्ने आवश्यकता भएको बताइएको छ।

    खारेज

    नेपाली विद्यार्थीहरूको समस्या हल गर्न पहल गरिरहेको नेपाली राजदूतावास र अस्ट्रेलियामा पढ्ने विद्यार्थीहरूको अन्तर्राष्ट्रिय संगठन, काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट, अस्ट्रेलिया (सीसा) ले नेपाली विद्यार्थीहरूको समस्या सुल्झिने विश्वास व्यक्त गरे।

    सीसाका अध्यक्ष विजय सापकोटा भन्छन्, ‘अठ्ठाइस दिनसम्म त्यो संस्थाले खारेजीका विरुद्ध अपिल गर्न पाउँछ। त्यो खारेजीले पूर्णता पाएपछि ट्यूसन प्रोटेक्सन सर्भिस (टिपिएस) मार्फत अध्ययन पूरा गर्न नपाएका विद्यार्थीलाई विशेष सुविधा छ। त्यो कार्यान्वयन भइसकेपछि विद्यार्थीलाई क्षतिपूर्ति वा अरू केही गर्न सकिन्छ। उनीहरूसँग हामी निरन्तर सम्पर्कमा छौं। अबको एकदुई हप्तामा हामीले एउटा ठोस गति चाहिँ पाउछौँ भन्ने लागेको छ।’

    नर्सिङ शिक्षाको मान्यता पाउन आवश्यक अस्ट्रेलियन नर्सिङ तथा मिड वाइफरी एक्रेडिसन काउन्सिल एनम्याकको स्वीकृति नभएको थाहा भएपछि यसअघि नै त्यहाँ अध्ययनरत एकहजार भन्दा बढी नेपाली विद्यार्थीहरू समस्यामा परेका थिए।

    उनीहरूले पढाइका निम्ति आवश्यक प्रयोगात्मक प्रशिक्षण समेत लिन पाएका थिएनन्।

    समाधान

    नर्सिङ पढाइका लागि विद्यार्थीहरूले २० देखि २५ लाख रुपैयाँ खर्चेको बताएका छन्।

    सिसाका अध्यक्ष सापकोटाले समस्या समाधान नभएसम्म विद्यार्थीहरूलाई कलेज नछोड्न सुझाएका छन्।

    उनले भने, ‘म सबै विद्यार्थीहरूलाई नआत्तिइकन बस्न सल्लाह दिन चाहन्छु। अहिले कुनै निर्णय नहुन्जेलसम्म आफ्नो संस्थाहरूमा नियमित रुपमा सहभागी हुनका लागि र कुनै पनि कोर्सबाट हात नझिक्नका लागि सल्लाह दिन चाहन्छु।’

    म सबै विद्यार्थीहरूलाई नआत्तिइकन बस्न सल्लाह दिन चाहन्छु। अहिले कुनै निर्णय नहुन्जेलसम्म आफ्नो संस्थाहरूमा नियमित रुपमा सहभागी हुनका लागि र कुनै पनि कोर्सबाट हात नझिक्नका लागि सल्लाह दिन चाहन्छु

    विजय सापकोटा , अध्यक्ष, सीसा

    नेपाली दूतावासका कार्यवाहक राजदूत द्रुपदा सापकोटाले आफूहरू सम्बन्धित अस्ट्रेलियाली निकायहरूसँग यस विषयमा निरन्तर सम्पर्कमा रहेको बताइन्।

    “यो समस्या चाँडै समाधान हुन्छ। म विद्यार्थीहरूलाई धैर्य धारण गर्न अनुरोध गर्छु,” उनले बीबीसीलाई बताइन्।

    नेपालबाट अध्ययनका लागि अहिलेसम्म ४० देखि ५० हजार विद्यार्थी अस्ट्रेलियामा पुगिसकेको बताइन्छ।

    सामाजिक सञ्जालमा सुझाव

    अस्ट्रेलियामा नेपाली विद्यार्थीले भोगेको समस्यालाई लिएर कतिपयले सामाजिक सञ्जालमा थुप्रै सुझावहरू पनि दिएका छन्।

    अस्ट्रेलियामै अध्ययन गरि लामो समय उतै बस्दै आएकी अन्जना रेग्मीले त्यहाँका विद्यार्थीहरूको भोगाइ तथा विद्यमान समस्याहरूलाई केलाएर दिएको निम्नलिखित सुझाव उपयोगी हुन सक्छ:

    १. कुनै पनि अध्ययन प्रतिष्ठानमा अध्ययन गर्न आउनुपूर्व उक्त संस्थाले सरकारी मान्यता पाए नपाएको यकिन गरेर मात्र भर्ना प्रकृया अघि बढाउनु पर्दछ।

    २. मान्यता वा सम्बन्धन प्राप्त नगरेका निकायसँग सुझाव लिनुदिनु गैरकानुनी भएकोले होसियारी अपनाउनुस्।

    ३. आफूले पढ्ने विषय वा अध्ययन प्रतिष्ठानबारे भरपर्दो विज्ञसँग सुझाव लिनुस् न कि अस्ट्रेलियामा बसेको वा घुमेर फर्केकाको मात्र।

    ४. नेपालमा शैक्षिक परामर्शदाता संस्था जसरी खुलेका छन् त्यसरी नै अस्ट्रेलियामा तालिम वा शिक्षा प्रदान गर्ने निकाय खुलेका छन् भन्ने नभुल्नुहोस्।

    ५. अभिभावकले पनि आफ्नो छोराछोरीलाई विदेशमा पढ्न पठाउँदा थोरै पैसा पर्ने, धेरै कक्षाहरूमा सहभागी हुनु नपर्ने, पढ्न भन्दा पैसा कमाउने वातावरण सहज भएको शैक्षिक निकायका लागि प्रेरित गर्नु हुँदैन।

    ६. भाषा लगायतका क्षेत्रमा आफ्ना कमजोरी छन् भने आउनुपूर्व नै मेहनत गरेर आउनुहोस् नत्र न पढाइ हुन्छ न कमाइ।

    ७. नाम चलेका र महङ्गो शुल्क पर्ने शैक्षिक निकायमा आउनुपूर्व कमाएर तिर्ने मनस्थितिमा नआउनुहोस् किनकी त्यसका कारण ठूला दुर्घटना बढ्ने क्रम धेरै छ।

    ८. अवैधानिक विवाह गरेर वा सानो बच्चा लिएर पढ्न आउनेले धेरै समस्या भोग्नुपरेकोले सचेत रहनुहोस्।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, फागुन ०९, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.