कैलासबावु श्रेष्ठ/गोरखा
फागुन ९ गते । गोरखाको शहिद लखन गाउँ पालिकाको बुंकोटमा लडेर १ जनाको मृत्यु भएको छ ।
बुधबार साँझ देखी हराएका रामचन्द्र अंगाईको आज बिहान खोल्सीमा मृक्त शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक झविन्द्र भट्टराईले जानकारी दिनु भएको छ ।
३९ बर्षे अंगाई बुधबार साँझ ७ बजे सम्म परिवारको सम्र्पकमा रहेको र त्यस पछि सम्र्पक बिहीन भएका थिए । मृक्तक साविक बुंकोट गाउँ बिकास समिति १ को बनकाली क्षेत्रमा रहेको पदम खोलामा कच्ची सडक देखी ३४ फिट लत खसेको अवस्थामा लाश फेला परेको वडाध्यक्ष काशि नाथ अंगाईले जानकारी दिनु भयो ।
सम्र्पक बिहीन अंगाईलाई हिजै देखी खोजबिन गरीएको भएता पनि बिहीबार बिहान ९ बजे मात्र स्थानियले देखे पछि प्रहरी र वडाध्यक्षलाई खबर गरेका थिए ।
मृक्तक अंगाईको शबलाई पोष्ट मार्टमका लागि गोरखा अस्पताल ल्याउन लागिएको छ । अंगाईको नाक बाट रगत बगि रहेको, आखाँ सुन्निएको र हात भाँचिएको अवस्थामा शव फेला परेको हो ।




















