गोरखा समाचारदाता
जिल्लाको गण्डकी गाउँपालिका नियम विपरित बालुवा प्रशोधन र बिक्रि भएको भन्दै रोक लगाइएको छ ।
घ्याल्चोक सिद्धिदर्शन सप्लार्यसले प्रालीले गण्डकी गाउँपालिका–८ धवादी घाटमा गण्डकी प्रदेश तथा गाउपालिकाको मापदण्ड बेगर बालुवा प्रशोधन उद्योग फिरफिरे सञ्चालन गरेको भन्दै उक्त कार्यमा रोक लगाइएको हो ।
गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले पत्राचार गर्दै उक्त फिरफिरेले रोक लगाएका हुन् । नियम बिपरित बालुवा बेचबिखन गरेको भन्ने उजुरीका आधारमा पत्राचार गरी गाउँपालिकाले फिरफिरे सञ्चालनमा रोक लगाएको हो ।
उक्त उद्योगलाई आवश्यक कागजात सहित गाउँपालिकामा सम्र्पक गर्न निर्देशन दिईएको गण्डकी गाउँपालिकाले जनाएको छ । फिरफिरे बन्द गरिएको बारेमा जिल्ला प्रशासन कार्यालय र मातहतका सुरक्षा निकायलाई समेत जानकारी गराइएको छ ।




















