गोरखा समाचारदाता
नेपाली काँग्रेसले धार्चे गाउँपालिका वडा नम्बर २ केरौंजामा वडा सम्मेलन गरेको छ ।
नेपाली काँग्रेस धार्चे गाउँपालिका संयोजक माला गुरुङ अध्यक्षता तथा जिल्ला सहसचिव नारायण लामिछानेको प्रमुख अतिथितामा भएको कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य एवं धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, जिल्ला राजनितिक परामर्श समितिका सदस्य तेज बहादुर गुरुङ लगायत मन्तव्य राखेका थिए ।
उक्त अबसरमा १५/१५ सदस्सिय लामाबेसी टोल र केरौंजा टोल समिति गठन गरिएको छ । सोही भेलाले नेपाली काँग्रेसका भातृ संगठनहरु महिला संघ, तरुण दल र दलित सघं गठन गरेको नेपाली काँग्रेस धार्चेले जानकारी दिएको छ ।




















