गोरखा समाचारदाता
नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी सघंले गायक पशुपती शर्माको गित हटाउन लगाईको बिरोधमा जिल्ला सदरमुकाममा प्रर्दशन गरेको छ ।
बुधबार दिउँसो हरमटारी चोकामा भेला भएका विद्यार्थीहरुले पशुपती शर्माको लुट्न सके लुट बोलको गित बझाउँदै नाच गान गरेका थिए । सरकारले प्रजातन्त्रको मुल्य मान्यता बिपरित गितसंगित क्षेत्रमा समेत रोक लगाएर व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेकाले प्रर्दशन गरिएको नेबिसंघका जिल्ला सचिव मिलनसिंह बस्न्यातले जानकारी दिए ।
विद्यार्थीहरुले केही समय चक्का जाम समेत गरेका थिए ।




















