गोरखा समाचारदाता
जिल्लाका सुन्तला किसानहरुले बगैचा सुद्रिढीकरणमा राज्यले विशेष चासो दिनुपर्ने माग गरेका छन् ।
सुन्तलाजात फलफलु जोन कार्यालयले शहिद लखन गाउँपालिका ५ ताक्लुङमा गरेको अन्र्तक्रियामा बोल्दै उनीहरुले दिनप्रतिदिन सुन्तलाका बोटहरु नष्ट हुँदै गइरहेकाले त्यसमा किसानहरु चिन्तित भएको बताएका हुन् ।
वडा नम्बर ५ का अध्यक्ष यमबहादुर रानाको अध्यक्षता तथा बाली संरक्षण प्रयोगशालो पोखराका धनबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुन्तला विज्ञ हरी प्रसाद सुबेदी लगायतले सुन्तला खेतिमा लाग्ने रोग र ध्यानदिनुपर्ने कुराहरुको बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा ६० भन्दा किसानहरुको सहभागिता रहेको थियो ।




















