गोरखा समाचारदाता
राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ मार्फत २२ बुँदे ज्ञापनपत्र बुझाउँदै राप्रपाले फागुन मसान्त भित्र उक्त माग पुरा नगरिए चैतको पहिलो हप्ताबाट देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
ज्ञापनपत्रमा वर्तमान सरकार बनेपछि पनि जनताका आशा अपेक्षाहरु पुरा हुनुको सट्टा हत्या हिंसा, बलत्कार लगायतका घटना बढ्नुको साथै शान्तिसुरक्षाको गम्भिर आशंका पैदा भएको उल्लेख छ । सोही अनुरुप राष्ट्रियताको संरक्षण, प्रजातन्त्र सुदृढीकरण्(ा शुशाषन र समृद्धिका लागि राप्रपाले देशभर जागर अभियान चलाउने बताइएको छ ।
जिल्ला अध्यक्ष शंकरराज अधिकारीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा धर्म निरपेक्षता खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रता सहित हिन्दु राज्य कायम गर्नुपर्ने, राजसंस्था सहितका सबै पक्ष अटाउने खालको गोलमेच सम्मेलन गर्नुपर्ने, संघियता बारे जनमत सग्रह गर्नुपर्ने लगायतका माग राखिएको छ ।
ज्ञापनपत्र























