गोरखा समाचारदाता
नेपाल काँग्रेस धार्चे गाउँपालिकाले काशिगाउँमा वडा सम्मेलन गरेको छ ।
कार्यवाहक वडा सभापती आश बहादुर घलेको अध्यक्षता नेपाली काँग्रेसका जिल्ला सहसचिव नारायण लामिछाने, जिल्ला सदस्य एवं गाउँपालिका अध्यक्ष सन्तोष गुरुङको उपस्थितिमा भएको भेलाले काशीगाउँ टोल समिति र तामाखर्क टोल समिति गठन गरी दुई वटा समिति गठन गरेको छ ।
उक्त अबसरमा नेपाल तरुण दल काशीगाउँ, दलित संघ, महिलासघंको पुर्नगठन गरिएको नेपाली काँग्रेस धार्चेले जानकारी दिएको छ ।


