गोरखा समाचारदाता
आजबाट सुरु हुने छैटौं गोरर्खाली कप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
हरमटारी क्लवको आयोजनामा जिल्ला सदरमुकामको खेलकुद मैदान हरमटारीमा हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक हरमटारी क्लवले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
१६ वटा टिम सहभागी हुने प्रतियोगिताको उद्घाटन खेलमा आज साबिक बिजेता त्रिबेणी क्लव मुग्लिन र नेपाली सेनाको श्री जंग गण लम्जुङ विच प्रतिस्पर्धा हुने आयोजक हरमटारी क्लका अध्यक्ष बिशाल गुरुङले जानकारी दिए ।
उक्त प्रतियोगिताको विजेता टोलीले नगद २ लाख पुरस्कार पाउने छ । उपविजेताको लागि १ लाख र सेमिफाइनलमा पुग्ने दुई समूहलाई ५०/५० हजार पुरस्कार स्वरुप उपलब्ध गराइने आयोजक जानकारी दिएको छ ।
यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, सर्वोत्कृष्ट अग्रपक्ति, मध्येपंक्ति, रक्षक, गोलरक्षक र गोलकर्ताले जनही ७ हजार ५०० पुरस्कार पाउने छन् ।



