गोरखा समाचारदाता
गोरखा नगरपालिका वडा नम्बर चारको ढुङ्गागाढे आधारभूत विद्यालयमा बाल अधिकार सुनौलो भविष्यको आधार विशेष कार्यक्रम भएको छ ।
मानब अधिकार सञ्जाल र उक्त विद्यालयको सयुक्त आयोजनामा भएको कार्यक्रममा मानव अधिकार सञ्जालका संयोजक यदु अधिकारले एक कार्यपत्र प्रस्तुत गर्दै बाल अधिकारका बारेमा जानकारी गराएका थिए ।
विद्यालयका शिक्षक शंकरबाबु खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षिका शिक्षिका उर्मिला अर्याल, विद्यार्थी, अभिभावकहरुले मन्तव्य राखेका थिए । कार्यक्रम ६९ औं प्रजातन्त्र दिवशको अबसरमा आयोजना गरिएको हो ।




















