गोरखा समाचारदाता
गोरखा नगरपलिका–२ ताप्लेमा टोल बिकास सस्था स्तरिय वडा कप फुटबल प्रतियोगिता सकिएको छ ।
१० वटा समूह सहभागी प्रतियोगितामा अशोकबारी टोलबिकास सस्था पहिलो, श्रीकृष्ण टोलबिकास सस्था दोश्रो र चण्डीकेउरेनी टोल बिकास सस्था तेश्रो भएका छन् । बिजेता टिमले क्रमश १२ हजार, ८ हजार र ४ हजार नगद पुरस्कारका साथै ट्रफि मेण्डल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।
वडा अध्यक्ष रहमतुल्ला मियाँको अध्यक्षता तथा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा विजेताहरुलाई पुरस्कार वितरण गरिएको हो । गोरखा नगरपालिकाले सबै वडामा वडा कप फुटबल प्रतियोगिता सञ्चालन गरिरहेको छ ।


