×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५० मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सिरानचोकले शिक्षकहरुको दरबन्दी मिलान गर्ने

  •  
  • मङ्गलबार, फागुन ०७, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल/गोरखा

    फागुन ७ गते । नयाँ शैक्षिक सत्रबाट सिरानचोक गाउँपालिकाले शिक्षकहरुको दरबन्दी मिलान गर्ने भएको छ । शिक्षाको बिकासलाई प्रमुख प्राथमिकता दिएको उक्त गाउँपालिकाले विद्यार्थीको चाप र उपलब्ध शिक्षकहरुको संख्याका आधारमा दरबन्दी हरेफेर गर्न लागेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । ‘कतै शिक्षकहरु धेरै, कतै विद्यार्थीको चाप, यो सबैलाई हेरेर दरबन्दी मिलान गर्न लागिएको हो’ उनले भने ‘समानुपतिक रुपमा विद्यालय सञ्चालन गर्नका लागि गाउँपालिकाले यो नीति हो ।’ प्रस्तावित माध्यामिक तथा निम्न माध्यामिक विद्यालयमा सबै भन्दा बढि समस्या रहेको उनले बताए ।

    सोका लागि गाउँपालिकाले शिक्षा समितिका सदस्य कृष्ण पोखरेलको अध्यक्षतमा एक समिति निर्माण गरेको थियो । उक्त समितिले गाउँपालिका भित्रका सबै विद्यालयहरुको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार बनाएको छ । सोहीका आधारमा दरबन्दी मिलानको प्रक्रिया अगाडी बढाइएको हो । ‘उक्त समितिका पदाधिकारीहरुले कार्यालयका अभिलेख अध्ययन, स्थलगत भ्रमण लगायतका काम गर्नुभयो’ शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र पोखरेलले भने ‘शैक्षिक सत्र २०७४/०७५ को विद्यार्थी संख्या र शिक्षकहरुको अनुपातलाई समेटर गाउँपालिकालाई आवश्यक सिफारिस समेत गर्नुभएको छ ।’

    उक्त कार्यका लागि स्थानीय राजनितिक दल र शिक्षकका पेशागत संघ संगठनहरुसँग पनि आवश्यक छलफल भइरहेको गाउँपालिकाले दाबी गरेको छ । ‘शिक्षाको बिकास बिना गाउँपालिका समृद्ध बन्न सक्दैन भने हाम्रो स्पष्ट धारणा छ’ गाउँपालिका अध्यक्ष गुरुङले भने ‘हामीले सबैसँग छलफल गरिरहेका छौं सबै पक्ष सकारात्मक हुनुहुन्छ, आशा छ दरबन्दी मिलान समितिले दिएको प्रतिवेदनलाई लागु गराउन उहाँहरुले महत्वपूर्ण सहयोग गर्नुहुनेछ ।’ विद्यालयमा आवश्यक शिक्षक दरबन्दी नभएपछि निजि स्रोतको शिक्षक राख्दा स्थानीय तह र अभिभावकलाई अनावश्यक व्यय भार थपिनको उनको ठहर छ । जसले गर्दा शिक्षाको गुणस्तर उकास्न भन्दा शिक्षकको दलबभक्तामा ठूलो रकम खर्च गर्नुपरेको छ । अब उक्त समस्याको हल हुने उनले विश्वास लिएका छन् ।

    उक्त गाउँपालिकाका ४८ सामुदायिक विद्यालयमा स्थायी र अस्थायी गरी ३२२ शिक्षकहरु कार्यरत छन् । २ वटा निजि सहित ५० वटा विद्यालयमा कुल ४ हजार ६७८ विद्यार्थी अध्ययनरत छन् । धेरै वर्ष देखि चर्चामा रहेको शिक्षकको दरबन्दी मिलानको काम शिक्षकका पेशागत संघसंगठनको असयोगका कारण हुन सकको छैन । जसले गर्दा शिक्षो गुणात्मक बिकासमा ठूलो समस्या श्रिर्जना भइरहेको छ । ‘यसले शिक्षाको गुणस्तर अभिवृद्धि गर्न ठूलो मद्दत मिल्छ भन्ने हाम्रो विश्वास छ’ शिक्षा शाखाका पोखरेलले भने ‘योग्यता भएर पनि तल्लो कक्षा पढाएर बस्नु भएका शिक्षकहरुलाई अबसर माथिल्लो कक्षा पढाउने अबसर पनि मिल्छ विद्यार्थीले उपयुक्त शिक्षक पाउँछन ।’

    जिल्ला भरको कुरा गर्दा सदरमुकाम र शहर केन्द्रित विद्यालयहरुमा शिक्षकहरुको दरबन्दी बढि छ भने विद्यार्थीको चाप बढि भएका विद्यालयहरु निजि श्रोतले चलेका छन् । सबै भन्दा धेरै प्रस्तावित माध्यामिक विद्यालयहरु मारमा देखिन्छन् । अन्य स्थानीय तहहरुले समेत शिक्षकको दरबन्दी मिलान गर्ने बताउँदै आइरहेका छन् । विशेषगरी चुमनुब्री, धार्चे, बारपाक सुलिकोट लगायतका गाउँपालिकाहरुमा रहेका विद्यालयहरु अधिकाशं निजि स्रोतमा चलेका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, फागुन ०७, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.