×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

एउटै कोख तर फरक बुवाबाट जन्मिएका जुम्ल्याहा सन्तान

  •  
  • सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एलेक्जेन्ड्रा र कोल्डर १९ महिनाका जुम्ल्याहा हुन्। तर उनीहरूका बुवा भने एउटै व्यक्ति होइनन्।

    एलेक्जेन्ड्राका पिता साइमन हुन् भने उनीसँगै जन्मिएका उनका जुम्ल्याहा भाइकोल्डरका पिता ग्रेएम हुन्।

    तर एउटै गर्भबाट एकैचोटि जन्मिएका सन्तानका भिन्नभिन्न पिता हुनु कसरी सम्भव छ?

    चार बुवा, तीन देश र दुई सन्तान

    पिता बन्ने इच्छा भएका साइमन र ग्रेएम बर्नी-एड्वार्ड्जसमक्ष ठूलो चुनौती थियो।

    सरोगेट आमा मेग स्टोनले जन्माएका सन्तानसँग साइमन र ग्रेएम

    उनीहरू शरीरबाहिर कृत्रिम परिस्थितिमा इन भिट्रो फर्जिलाइजेशनबाट एउटामात्र भ्रूण गर्भाधान गराउन खोज्ने केही ब्रिटिश जोडीमध्येका हुन्। त्यसरी तयार पारिएको भ्रूण सरोगेट आमा बन्न सहमत भएकी एउटी महिलाको कोखमा प्रत्यारोपण गर्नुपर्ने हुन्थ्यो।

    त्यो प्रक्रिया लामो र जटिल थियो। सबैभन्दा पहिला त आफ्नो शुक्राणुबाट गर्भाधान गराउन उनीहरूलाई छुट्टाछुट्टै डिम्ब चाहिएको थियो।

    पहिला उनीहरू छुट्टै गर्भबाट दुई बच्चा होऊन् भन्ने चाहन्थे। तर उनीहरूलाई डिम्ब दान दिने महिला खोज्न सघाउने संस्थाले एकैचोटि एउटी सरोगेट आमाको गर्भमा दुईवटा बच्चा हुर्काउन मिल्ने जानकारी दियो।

    यूकेमा बस्ने भएपनि साइमन र ग्रेएम त्यसका लागि विदेश गए।

    साइमन भन्छन्, “हामीसँग नाम नखुलाइएकी अमेरिकी महिला डिम्बदाताका रूपमा थिइन् किनभने प्रजननसम्बन्धी हाम्रो उपचार लास भेगसमा भएको थियो।”

    डिम्बहरू सङ्कलन गरेपछि तिनलाई दुई भागमा विभाजित गरियो अनि एउटा भाग साइमनको शुक्राणु र अर्को भाग ग्रेएमको शुक्राणुबाट निषेचन गरियो।

    त्यसपछि विकसित भएका भ्रूणलाई छानेर कम तापक्रममा भण्डारण गरियो। दुई समूहबाट छानेर सबैभन्दा पुष्ट भ्रूणलाई सरोगेट आमाको कोखमा राखियो।

    तिनै महिलाले आफ्नो कोखमा ती दुई बच्चालाई क्यानडामा हुर्काइन्।

    क्यानडाकी सरोगेट आमा

    साइमन

    यसरी एउटी महिलाको डिम्ब र दुई पुरुषका शुक्राणुबाट विकसित भ्रूण अर्की महिला मेग स्टोनको गर्भमा हुर्किएर जुम्ल्याहा बालबालिकाका रूपमा जन्मिए।

    साइमन भन्छन्, “हामीले क्यानडा छान्यौँ किनभने हामीलाई त्यहाँको कानुनी संरचना मन पर्‍यो। त्यो यूकेको जस्तै छ, व्यापारजस्तो नभई परोपकारी।”

    साइमन र ग्रेएम यूके फर्किएपछि मेगबाट समाचारको प्रतीक्षा गरे।

    के गर्भ सफल होला त? यो प्रश्न उनीहरूको मनमा खेलिराख्यो। अन्तत: उनीहरूलाई फोन आयो। उनीहरूले सुखद समाचार पाए।

    ग्रेएम भन्छन्, “हाम्रो मनमा धेरै किसिमका भावनाहरू उठे। हामी निकै खुसी भयौँ, एकदमै प्रफुल्लित।”

    साइमन र ग्रेएम बच्चा जन्मिने मितिभन्दा छ हप्ताअघि यूकेबाट क्यानडा गए।

    उनको कोखबाट आफ्ना सन्तान जन्माइदिने महिलासँग उनीहरू राम्रो सम्बन्ध राख्न प्रतिबद्ध देखिएका छन्। किनभने डिम्ब दिने महिलालाई उनीहरू र उनीहरूका सन्तानले चिन्न सक्ने सम्भावना नै छैन।

    अनि के उनीहरू अरू बच्चा पनि चाहन्छन्?

    एकएकवटा सन्तान भएका साइमन र ग्रेएम अहिले धेरै प्रसन्न देखिन्छन्।

    हाँस्दै साइमन, “कहिल्यै पनि नाइँ चाहिँ भन्नुहुँदैन।”

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.