×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कश्मीर आक्रमण: भिडन्तमा ‘मुख्य योजनाकारसहित दुई लडाकु र चार सैनिकको मृत्यु’

  •  
  • सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भारत प्रशासित कश्मीरको पुलवामामा सोमवार भएको एउटा भिडन्तमा चार सैनिक र दुई लडाकुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

    पुलवामा गत हप्ता भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका अब्दुल राशिद गाजीसमेत अर्का एक सन्दिग्ध पनि सो घटनामा मारिएको भारतीय सैनिक सूत्रले दाबी गरेको छ। एक गैरसैनिकको पनि ज्यान गएको छ।

    भारतीय सेना र अर्धसैन्य बलहरूले सो स्थानमा संयुक्त सुरक्षा कारबाही गरेको प्रहरीले जनाएको छ।

    लडाकुहरू लुकेर बसेको सूचना पाएपछि सेनाले कारबाही गर्दा उनीहरूले गोली हानेको बताइएको छ।

    सो घटनामा लडाकुहरू लुकेर बसेको घरका मालिकको पनि मृत्यु भयो।

    बिहीवार भारतीय अर्धसैनिक बल सीआरपीएफको गाडीलाई लक्ष्य गरेर भएको विस्फोटनमा ४६ जनाको मृत्यु भएको थियो।

    सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सो घटनामा संलग्न लडाकु खोज्न एउटा अभियान नै सुरु गरेको छ।

    कश्मीर

    सेनातर्फ हताहत भएकामध्ये एक जना मेजर र तीन जना सिपाही रहेको बीबीसी हिन्दीले जनाएको छ।

    सो क्षेत्रमा गोली हानाहान भएको चर्को सुनिएको छ। सुरक्षाकर्मीहरूले गाउँलेहरूलाई घरभित्रै बस्न आह्वान गरेका छन्।

    डरलाग्दो आक्रमण

    गत हप्ता भएको आक्रमण कश्मीरमा अशान्ति सुरु भएपछिकै ठूलो आक्रमण भएको बताइन्छ।

    एकजना आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ भरिएको एउटा गाडी सीपीआरएफका सुरक्षाकर्मीहरू बोकेका ७८ वटा गाडीहरूको लस्करमा लगेर जोतिदिएका थिए। घटनास्थल श्रीनगरबाट २० किलोमिटर पर छ।

    ती आक्रमणकारी १९ देखि २१ वर्ष उमेर भएका स्थानीय कश्मीरी युवा भएको बताइएको छ।

    पाकिस्तानी सञ्चालित लडाकु समूह जैश‍-ए-मोहम्मदले सो घटना आफूले गराएको दाबी गरेको छ।

    पुलवामा

    भारतले भने पाकिस्तान नै सो आक्रमणमा संलग्न भएको आरोप लगाएको छ तर इस्लामाबादले त्यसको खण्डन गरेको छ।

    विरोध

    बिहीवारको घटनापछि भारतमा पाकिस्तानविरोधी प्रदर्शनहरू भएका छन्।

    क्रुद्ध भिडले कश्मीरी विद्यार्थी र व्यापारीहरूलाई निसाना बनाउने गरेका छन्।

    विभाजनको सात दशकपछि पनि भारत र पाकिस्तानबीच तिक्तता कायम छ।

    दुवै देशले कश्मीर आफ्नो भएको दाबी गर्दै आएका छन्।

    पुलवामामा भएको आक्रमणपछि कश्मीरी मुसलमानहरूलाई सतर्क रहन भनिएको छ।

    Skip Twitter post by @ananyac05

    End of Twitter post by @ananyac05

    विभिन्न स्थानीय सञ्चारमाध्यमहरूले उत्तर भारतमा कश्मीरी विद्यार्थीहरूसँग कुटपिट भएको वा उनीहरूलाई बसेको ठाउँबाट निकाएको घटनाबारे समाचार प्रकाशित गरेका छन्।

    Image Copyright @CRPFmadadgaar @CRPFmadadgaar

    सीआरपीएफले विद्यार्थीहरूलाई सहयोग गर्ने बताएको छ तर उनले समाचार सत्य हो कि हैन राम्ररी विचार गर्न आग्रह गरेको छ।

    कश्मीरमा भएको आक्रमणपछि भारतले पाकिस्तानलाई एक्ल्याइदिने चेतावनी दिएको छ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन ०६, २०७५ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.