नरेन्द्र ढकाल/गोरखा
फागुन ६ गते । चालु आर्थिक वर्ष भित्र दरौंदी लिफ्टिङको काम सक्ने दाबी गरेको छ । खानेपानी विभाग मार्फत ७३ करोड ७३ लाख लगानीमा निर्माण भइरहेको दरौंदी गोरखा (वृहृत पम्पिङ) खानेपानी आयोजनाको ८० प्रतिशत ट्याङ्की निर्माण सम्पन्न भइसकेको उक्त आयोजनाका प्राजेक्ट म्यानेजर टिकाराम चालिसेले जानकारी दिए । ‘हामीले करिब १८/१९ वटा ट्याङ्की बनाउनु पर्ने छ, अहिले सम्म १५ भन्दा बढि कम्पिल्ट भइसेको छ’ उनले भने ‘बाँकी नयाँ वर्ष अगाडी कम्पिल्ड गर्ने योजना छ । जस अनुसार घलाङमा ८ वटा मुख्य ट्याकी बनेका छन भने अन्य विभिन्न ठाउँहरुमा पानी संकलनका लागि ट्याङ्की बनाइएको छ । यसैगरी स्वाँरा, गैरीकुवा, फाकल डाँडा, तल्लो आहाले, पाडें चौतारा, कान्ते स्वाँरा, सल्लाघारी, कर्णेखोला र घलाङमा १÷१ वटा वितरण ट्याङ्की निर्माण भइसकेको छन् । दुम्सुरी र पोखरा थोकमा भने निर्माण कार्य भइरहेको चालिसेले जानकारी दिए । चुदीरमण जोइन्ट भेन्चर निर्माण कम्पनी ठेक्का पाएको उक्त आयोजना सगुन निर्माण कम्पनीले काम गरिरहेको छ । ‘अब केही अबरोध भएन भने काम धेरै बाँकी छैन’ उनले भने ‘अब मुख्य काम विद्युत जडान र पानी परिक्षणको को काम हो यो छिट्टै सुरु हुन्छ ।’
५ पटकको लिफ्टिङ पछि उपल्लोकोट पानी पुरयाएर गोरखा सदरमुकामका पानी वितरण गर्ने योजनाका साथ निर्माण गरिएको उक्त आयोजनाको मुख्य प्रशारण लाइनको अधिकाशं काम सकिएको निमार्ण कम्पनीले जानकारी दिएको छ ।
सन् २०२० जुन सम्म निर्माणको जिम्मा पाएको उक्त आयोजना तोकिएको समय भन्दा पहिले काम सक्ने दाबी गरिएको छ । ‘उहाँहरुले ६ महिना पहिले नै काम सक्छौ भन्नुभएको छ’ दरौंदी गोरखा (वृहृत पम्पिङ) खानेपानी तथा सरसफाई समितिका बद्रि मास्केले भने ‘काम रफ्तार मै भइरहेको छ हामी पनि आशावादी छौं ।’
उक्त आयोजना तोकिएको समयमा निमार्ण सम्पन्न गर्न ताकता गर्दै समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षले खानेपानी बिभागको ध्यार्नाषक गराएका छन् । आयोजना निर्माणको प्रगती राम्रो भएपनि केही अबरोधहरुले समस्या बनाएको मास्केको भनाई छ । ‘यो पाइपलाइन बिस्तार गर्ने क्रममा कतिपय स्थानमा अबरोध भएका छन’ उनले भने ‘त्यसलाई व्यवहारिकतामा सल्टाउनु पर्ने छ ।’ प्रशारण लाइन निर्माण देखि विद्युत विस्तारको काममा स्थानीयले आवश्यक सहयोग नगरेको निर्माण कम्पनीले पनि गुनासो गरेको छ ।
कुल लागतको १० प्रतिशत जनसहभागिता जुटाउनु पर्ने भएपनि स्थानीयहरु तयार देखिएका छैनन् । ‘१० प्रतिशत उपभोक्ताको सहभागिता हुनुपर्छ भन्ने छ । त्यसमा पनि १ प्रतिशत आर्थिक सहभागिताको कुरा छ’ उनले भने ‘हामीले उपभोक्तालाई कन्भिन्स गरेर उक्त काम गर्नुपर्ने छ । उक्त आयोजनाको पानी वितरण गर्दा बनाइने ८० किलोमिटर १२० मिटर लाईन खन्ने र पुर्ने काम उपभोक्ताहरुले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
चालु आर्थिक वर्ष भित्र दरौदीको पानी सदरमुकाममा आउने र हाल सञ्चालनमा रहेका अन्य खानेपानी आयोजनाहरुको वितरण ट्याङ्की सम्म पाइप लाइन निर्माण काम सक्ने निर्माण कम्पनी दावी गरेको छ । वितरण लाइन निर्माणको काम भने बाँकी रहनेछ ।
उक्त आयोजना बनेको एक वर्ष भन्दा बढि निर्माण कम्पनीले सञ्चालन गरेर मात्र समितिलाई बुझाउनु पर्ने प्रावधान रहेको छ ।


